ललितपुर महानगरकाे ६६ प्रतिशत बजेट पूर्वाधार विकासमा
ललितपुर महानगरकाे ६६ प्रतिशत बजेट पूर्वाधार विकासमा ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको कूल बजेटमध्ये ६६ प्रतिशत रकम पूर्वाधार विकासका लागि विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा जानकारी गराउन शनिबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महानगरले कूल बजेटमध्ये ६६ प्रतिशत रकम पूर्वाधार बिकासका लागि बिनियोजन गरिएको जनाएको हो । जसमा पूर्वधार निर्माण तथा सहरी बिकास, सम्पदा संरक्षण र राजकुलो, ढुङ्गेधारा इनारपोखरी तथा हरियाली प्रवर्द्धन रहेको ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए । सामाजिक विकासका लागि कुल बजेटको २८ प्रतिशत, विपद व्यवस्थापनका लागि ६ प्रतिशत, सुशासन तथा अन्य क्षेत्रका लागि ३ प्रतिशत र आर्थिक बिकास…