२५ लाख रुपैयाँसम्मको स्टार्टअप कर्जा राष्ट्रिय वाणिज्य बैंकबाट
२५ लाख रुपैयाँसम्मको स्टार्टअप कर्जा राष्ट्रिय वाणिज्य बैंकबाट वितरण गरिने नेपाल सरकारले स्टार्टअप व्यवसायलाई दिने २५ लाख रुपैयाँसम्मको ऋण राष्ट्रिय वाणिज्य बैंकमार्फत वितरण हुने भएको छ । स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच बुधबार सम्झौता भएको छ । यो सम्झाैतासँगै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सिफारिसमा स्टार्टअप कर्जा राष्ट्रिय वाणिज्य बैंकले दिने भएको हो । राष्ट्रिय वाणिज्य बैंकले परियोजनाको प्रकृतिको आधारमा अधिकतम २५ लाख रुपैयाँ सम्म स्टार्टअप उद्यम कर्जा प्रदान गर्नेछ । बैंकले कर्जा प्रवाह गर्दा स्वीकृत व्यवसाय वा परियोजना नै धितोको रूपमा राख्नेछ ।…