नेपालको आतिथ्य क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा पार गर्दै, हायात प्लेस बुटवलले तीनवटा प्रतिष्ठित अवार्डहरु “नेपालको उत्कृष्ट डेस्टिनेशन वेडिङ भेन्यु २०२६”, “नेपालको उत्कृष्ट होटेल अवार्ड २०२६”, र “नेपालको उत्कृष्ट जनरल म्यानेजर अवार्ड २०२६” बाट सम्मानित भएको छ ।
यी सम्मानहरू प्रतिष्ठित ‘होटेल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसन’ र ‘वल्र्डवाइड बेस्ट होटेल डट कम’ द्वारा प्रदान गरिएको हो ।
सञ्चालनमा आएको जम्मा ६ महिनाभित्रै यस्तो असाधारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान हासिल गर्नु आफैंमा एक दुर्लभ उपलब्धि हो । यी अवार्डहरूले आफ्ना विश्वस्तरीय सुविधाहरू, आकर्षक कार्यक्रम स्थलहरू, उत्कृष्ट अतिथि सेवा र कुशल नेतृत्वको प्रशंसा गर्दै यसलाई एक प्रमुख गन्तव्यको रूपमा स्थापित गरेको कुरालाई प्रमाणित गरेको होटलले जनाएको छ।
आफ्नो सुरुवातदेखि नै हायात प्लेस बुटवलले अन्तर्राष्ट्रिय स्तरको मापदण्ड र न्यानो स्थानीय आतिथ्यताको उत्कृष्ट संयोजन गर्दै यस क्षेत्रको हस्पिटालिटी क्षेत्रलाई नयाँ परिभाषा दिएको छ ।


