Author: अर्थ उद्यमी मिडिया

सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि भैँसे, भीमफेदी, कुलेखानी हुँदै फर्पिङबाट काठमाडौं जाने सडकखण्डमा सञ्चालन हुने सवारीसाधनका लागि टाइम कार्ड लागू गरेको हो ।मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीका अनुसार सवारीसाधनलाई निर्धारित समयभित्र सुरक्षित रूपमा गन्तव्यतर्फ अघि बढाउन तथा तीव्र गतिका कारण हुन सक्ने दुर्घटना न्यूनीकरण गर्न यो व्यवस्था लागू गरिएको हो ।दशैंको शुभकामना व्यक्त गर्दै एसपी खत्रीले सार्वजनिक सवारीसाधनका चालकलाई सुरक्षित यात्रा सुनिश्चित गर्न, ट्राफिक नियमको पालना गर्न र निर्धारित गतिमा मात्र सवारी चलाउन आग्रह गरेका छन् । यात्रुको…

Read More

उखु उत्पादक किसानलाई सरकारले उपलब्ध गराउने प्रोत्साहन अनुदान अब किसानको व्यक्तिगत बैंक खातामा सिधै भुक्तानी हुने भएको छ । सरकारले अनुदान वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन ‘उखु उत्पादकलाई प्रोत्साहन अनुदान दिने सम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (४) बमोजिम कार्यविधि जारी गरेको हो । नयाँ कार्यविधिअनुसार अनुदान लिन इच्छुक उखु उत्पादक किसान, फर्म, समूह वा सहकारीले प्रत्येक वर्ष साउनदेखि असोज मसान्तभित्र सम्बन्धित स्थानीय तहमा सूचीकरणका लागि निवेदन दिनुपर्नेछ । स्थानीय तहले निवेदनमाथि आवश्यक जाँचबुझ गरी कात्तिक मसान्तभित्र किसानको अन्तिम लगत प्रमाणित…

Read More

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा क्षति पु¥याएपछि विद्युत् उत्पादन ठप्प भएको छ । उत्पादन बन्द हुँदा आयोजनाको आम्दानी प्रभावित भएको छ भने कम्पनीको नगद प्रवाह र ऋण सेवा क्षमतामा समेत दबाब पर्न सक्ने देखिएको छ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको जानकारीअनुसार कम्पनीमा विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन तथा अल्पकालीन गरी करीब १७ अर्ब ७० करोड रुपैयाँ ऋण रहेको छ । आयोजना पुनः सञ्चालनमा आउन लाग्ने समय लम्बिँदै गएमा नियमित आम्दानी नहुँदा ऋणको ब्याज तथा किस्ता भुक्तानी व्यवस्थापनमा दबाब पर्न सक्ने कम्पनीले जनाएको छ ।…

Read More

राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको मात्र प्रयासबाट सम्भव नभई राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र संभव हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा सदस्यहरूसँगको भेट राष्ट्रपति पौडेलले समृद्ध नेपाल निर्माणको संकल्पलाई व्यवहारमा रूपान्तरण गर्न निजी क्षेत्र अझ जिम्मेवार, सिर्जनशील र अग्रणी भूमिकामा प्रस्तुत हुने आफूले अपेक्षा राखेको बताए । उनले भने,‘नेपालको आर्थिक समृद्धिमा निजी क्षेत्रले पु¥याउँदै आएको योगदानको उच्च प्रशंसा गर्दै यहाँहरूको निरन्तर सफलता र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ उनले नेपालको अर्थतन्त्रलाई गतिशील, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको…

Read More

भोटेकोशी क्षेत्रमा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि थप बाह्य सहायता जुटाउने र नेपालका सडक तथा विद्युत् प्रसारण पूर्वाधारमा अमेरिकी निजी लगानी भित्र्याउने एजेन्डासहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका पुगेका छन् । दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै वाग्ले गएराति अमेरिका पुगेका हुन् । वासिङ्टन डीसीमा उनलाई कार्यवाहक राजदूत शरदराज आरन तथा नेपाली दूतावासका पदाधिकारीले स्वागत गरेका छन् । अमेरिका भ्रमणका क्रममा वाग्लेले सोमबार अमेरिकी अर्थमन्त्री तथा सेक्रेटरी अफ द ट्रेजरी स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग भेटवार्ता गर्नेछन् । ती भेटमा नेपालका लागि आर्थिक सहयोग विस्तार, पुनर्निर्माणका लागि स्रोत परिचालन, एफएटिएफ को ‘ग्रे लिस्ट’बाट बहिर्गमन तथा बृहत् आर्थिक सुधारका…

Read More

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक नीतिबारे पनि बहस तीव्र बनेको छ । बदलिँदो विश्व अर्थतन्त्र र नेपालको आन्तरिक आर्थिक अवस्थालाई ध्यानमा राख्दै कांग्रेसले खुला अर्थतन्त्र, निजी क्षेत्रको नेतृत्वमा उत्पादन तथा लगानी विस्तार र सामाजिक सुरक्षालाई आर्थिक नीतिको आधार बनाउने संकेत गरेको छ । कांग्रेसभित्र बीपी कोइरालाले अघि सारेको लोकतान्त्रिक समाजवादलाई समयअनुकूल पुनर्व्याख्या गर्दै सामाजिक लोकतन्त्रको अवधारणासँग जोड्ने बहस भइरहेको छ। यस क्रममा निजी क्षेत्रको भूमिका, लगानी सुरक्षा, कर स्थायित्व र राज्यको भूमिकालाई नयाँ ढंगले परिभाषित गर्नुपर्ने विषय महाधिवेशनको आर्थिक बहसमा उठेको छ। कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठका अनुसार निजी क्षेत्रलाई उत्पादन, रोजगारी सिर्जना र राजस्वको प्रमुख संवाहकका रूपमा…

Read More

चीनको स्वायत्त क्षेत्र सिजाङ (तिब्बत) अन्तर्गतको विपद्ग्रस्त केरुङ सहरमा रहेका एक हजार तीन सयभन्दा बढी नेपालीले बाढीपहिरोको ठूलो क्षतिपछि पनि त्यहीँ बसेर आफ्नो व्यवसाय पुनः सञ्चालन गर्ने निर्णय गरेका छन् ।गत भदौ १० गते नेपालतर्फको उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किएपछि आएको महाप्रलयले नेपाल–चीन सीमास्थित केरुङ नाकामा ठूलो क्षति पु¥याएको थियो । यो क्षेत्र नेपालको रसुवागढी नाकासँग जोडिएको चीन तर्फको व्यापारिक नाका हो ।उक्त विपत्तिमा केरुङ काउन्टीमा कम्तीमा ४३ जनाको मृत्यु भएको छ भने ५१९ जना बेपत्ता रहेको चिनियाँ अधिकारीहरूले बताएका छन् । खोज तथा उद्धार कार्य अझै जारी छ ।विपत्तिपछि पनि त्यहाँ रहेका अधिकांश नेपाली व्यवसायीहरूले केरुङलाई आफ्नो रोजगारी, सपना…

Read More

गत भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको प्रत्यक्ष असर तीज लक्षित बजारमा परेको छ ।विशेषगरी तीजको बेला बढी माग हुने कपडा, चुरा, पोते तथा गरगहनाको कारोबार विगतको तुलनामा अपेक्षाअनुसार हुन नसकेको व्यवसायीहरूले बताएका छन् ।तीज नजिकिँदै गर्दा बजारमा चहलपहल बढ्नुपर्ने भए पनि यस वर्ष प्राकृतिक विपद् र देशको समग्र परिस्थितिका कारण उपभोक्ताको खर्च गर्ने क्षमता तथा पर्व मनाउने उत्साहमा कमी आएको व्यवसायीहरूको भनाइ छ ।कलंकीमा कस्मेटिक व्यवसाय गर्दै आएका संगम मुस्कान मरासैनीले यस वर्ष तीजका लागि नयाँ सामान ठूलो परिमाणमा आयात नगरिएको बताए । विगतमा आयात गरेर गोदाममा राखिएको स्टकबाटै अहिलेको माग धानिरहेको उनले जानकारी दिए ।उनका…

Read More

ग्यास बिक्रेता महासंघ नेपालले तोकेको दररेटभन्दा बढी मूल्य लिई बिक्री गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । भोटेकोसीमा आएको बाढीले कृष्णभीरको बाटो कटान गरी राजधानी जोड्ने बाटो अवरुद्ध हुँदा उपत्यकाको आपूर्ति प्रणालीमा समस्या थप हुँदै आएको छ । यस्तो परिस्थितिमा धेरै पैसा लिएर ग्यास विक्री गर्नेलाई कारवाही गर्न महासंघले माग गरेको हो । ‘अनुचित मूल्य लिई ग्यास तथा अन्य उपभोग्य वस्तु बिक्री गर्नु दण्डनीय कार्य हो । यस्तो कार्य गर्नेलाई कारवाही गर्नु पर्छ । वास्तविक समस्यामा परेका उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास बिक्री–वितरण गर्न आग्रह छ,’ महासंघले विज्ञप्तिमा उलेख गरेको छ । विषम परिस्थितिमा आम उपभोक्तालाई अत्यावश्यक वस्तु सहज रुपमा…

Read More

काठमाडौँ उपत्यका विकास प्राधिकरणअन्तर्गतको भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजनाले आयोजनाभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सात दिनको समय दिएको छ । आयोजनाको व्यवस्थापन उपसमितिको २०८३ असार ३१ गतेको स्वीकृत नक्सा तथा लडसिटअनुसार ए,बी,र डी ब्लकको बीचबाट कायम गरिएको ६ मिटरको बाटो फिल्डमा समेत कायम गरी ढलान गर्नुपर्ने भएकाले बाटोको सीमाभित्र पर्ने भौतिक संरचना हटाउन सूचना जारी गरिएको हो। ललितपुर महानगरपालिका–१५, भेल्पास्थित आयोजनाले कुनै पनि जग्गाधनीको जग्गामा अन्य व्यक्तिले अनधिकृत रूपमा संरचना निर्माण गरेको भए त्यस्ता संरचना पनि सात दिनभित्र हटाउन आग्रह गरेको छ। तोकिएको अवधिभित्र संरचना नहटाए आयोजनाको तर्फबाट त्यस्ता संरचना हटाइने र सम्बन्धित व्यक्तिविरुद्ध आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइने…

Read More