Author: अर्थ उद्यमी मिडिया

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् । बिहीबार मन्त्री यादवले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको यादवको सचिवालयले जानकारी दिएको हो । मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उनले हाल सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्नेसम्म बताएकी थिइन् ।

Read More

नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले ५ दिन अगाडि सुरु गरेको एक्रो ब्रिज जडानको कार्य सम्पन्न भएको छ ।रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि सर्वसाधरणका लागि आवतजावतमा समस्या भएको थियो । सेनाको टोलीले निरन्तर खटिएर पुल जडान पूरा गरेको हो ।भोटेकोशीको बाढीले यहाँ रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो।सेनाले छोटो समयमै पुल जडान गरेपछि स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई राहत मिलेको छ।

Read More

ग्यास अभावको विरोधमा नेकपानिकट विद्यार्थी संगठनले काठमाडौंस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस अगाडि दाउरामा खाना पकाएर प्रदर्शन गरेको छ । पछिल्लो समय ग्यासको अभाव देखिएपछि विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण गराउन सांकेतिक रूपमा दाउरामा खाना पकाएर प्रदर्शन गरेको हो ।

Read More

ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सम्बन्धी विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले भदौ ३१ गते बिहान ९ बजे काठमाडौंस्थित कम्पनीको सभाकक्षमा साधारण सभा गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको आईपीओ निष्कासन सम्बन्धी प्रस्ताव पारित गरिनेछ । साथै, आईपीओ प्रक्रियाका क्रममा नियामक निकायबाट प्रबन्धपत्र तथा नियमावली संशोधन, थपघट वा अन्य कुनै परिवर्तन गर्न निर्देशन प्राप्त भएमा सोहीअनुसार आवश्यक निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पेश गरिनेछ । त्यसैगरी, कम्पनीको व्यवसाय विस्तारका लागि जग्गा खरिद गर्ने प्रस्तावसमेत सभाबाट अनुमोदन…

Read More

पोल्ट्री किसानहरूले काठमाडौंको माइतीघरमा बिरोध प्रदर्शन गरेका छन् । सरकारले किसानका समस्या समाधान गर्नुपर्ने माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन् । किसानहरूले भारतीय कुखुरा तस्करी बन्द गर, कोल्ड स्टोरको कमीसन बन्द गर, पोल्ट्री किसानका माग पूरा गर र साना किसानको विस्थापन बन्द गर लगायतका नारासहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

Read More

धेरै युवा कामको खोजीमा बिदेसिने क्रम चलिरहेको बेला रामेछापको मन्थली नगरपालिका–८ चिसापानीका केही युवाहरू भने व्यावसायिक रूपमा कृषि तथा पशबुपालन तर्फ लागेका छन् । गाउँमै केही गर्ने सोचका साथ युवाहरूले भैँसीपालन, दूध सङ्कलन तथा वितरण केन्द्र, तराकारी तथा खुर्सानी खेती, व्यावसायिक फूल खेती लगायतका काम सुरु गरेका छन् । गाउँमा भैँसीपालन सुरु भए पछि उत्पादित दूध बिक्रीको लागि गाउँमा नै दूध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना गरिएको छ । स्थानीय किसानले उत्पादन गरेको दूध सहकारी मार्फत सञ्चालन भएको सो सङ्कलन केन्द्रमा बिक्री हुन्छ । एक जना किसानले दूध बेचेर ३० हजार रुपैँयासम्म कमाउने गरेको चिस्यान केन्द्रका प्रबन्धक श्याम श्रेष्ठले बताए…

Read More

नेपालको विद्युत क्षेत्रलाई प्रतिस्पर्धी बनाउँदै निजी क्षेत्र र ठूला उपभोक्तालाई विद्युत प्रसारण तथा वितरण प्रणालीमा सिधै पहुँच दिने ‘खुला पहुँच’को अवधारणा कार्यान्वयनको दिशामा विद्युत नियमन आयोगले सक्रियता बढाएको छ । गत पुस महिनामा जारी भएको ‘विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच सम्बन्धी निर्देशिका, २०८२’ लाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन आयोगले हालै थप दुईवटा सहायक निर्देशिकाका मस्यौदाहरू सार्वजनिक गरेको छ । आयोगले ‘गुनासो समाधान सम्बन्धी निर्देशिका, २०८३’ र ‘ब्यालेन्सिङ तथा सेटलमेन्ट सम्बन्धी निर्देशिका, २०८३’ लाई सरोकारवालाको रायका लागि खुला गरेसँगै अब खुला पहुँचको कार्यान्वयन कहिलेदेखि होला भन्ने चासो बढेको छ । आयोगले लिएको द्रुत गतिको कदमले निकट भविष्यमै यो प्रणाली…

Read More

सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा यांकी उक्याबलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्याबलाई बोर्डको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । लगानी बोर्ड नेपाल विदेशी तथा स्वदेशी ठूला लगानी परियोजनाको स्वीकृति, सहजीकरण तथा लगानीमैत्री वातावरण निर्माण गर्ने प्रमुख निकाय हो । बोर्डले ऊर्जा, पूर्वाधार, पर्यटन, यातायात लगायतका रणनीतिक क्षेत्रका ठूला परियोजनाको प्रवद्र्धन तथा व्यवस्थापन गर्दै आएको छ । नवनियुक्त सीईओ उक्याब विकास अर्थशास्त्र र सार्वजनिक नीतिको क्षेत्रमा अनुभवी विज्ञका रूपमा परिचित छिन् । उनले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) को प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकार (सिनियर पोलिसी एडभाइजर) का रूपमा कार्य अनुभव…

Read More

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा थप गिरावट आउन सक्ने संकेत देखिएको छ । वर्ल्ड गोल्ड काउन्सिल (डब्लुजीसी) ले सुनको मूल्य प्रतिऔंस ३,८५७ अमेरिकी डलरभन्दा तल झरेमा अर्को प्रमुख समर्थन बिन्दु ३,५०० डलरमा रहने जनाएको छ । काउन्सिलले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार यदि सुनको मूल्य ३,८५७ डलरभन्दा तल झरिरह्यो भने ३,५०० डलरसम्म पुग्न सक्ने सम्भावना छ । यो स्तर जनवरी महिनामा बनेको उच्च मूल्यबाट करिब ३७ प्रतिशतको गिरावट हुने काउन्सिलको विश्लेषण छ । यस्तो गिरावट अघिल्ला प्रमुख मन्दी अवधिहरूसँग मेल खाने भएकाले ३,५०० डलरको स्तरलाई महत्वपूर्ण आधार बिन्दुका रूपमा हेरिएको छ । हाल अन्र्तरािष्ट्रय बजारमा सुन प्रतिऔंस करिब ४,०६३.८० डलरमा कारोबार भइरहेको…

Read More

काठमाडौं महानगर प्रहरी बलले बजारमा उपलब्ध ग्याँस र वितरण प्रणालीको सहजताका लागि काम थालेको छ । लामो समयसम्म ग्याँस नपाएको, पहुँच हुनेले मात्र ग्याँस पाएको, विद्यार्थीहरुमा ग्याँसका पहुँच नभएको जस्ता गुनासा आउन थालेपछि ग्याँस डिपोमा भएको ग्याँस वितरण व्यवस्थापनका लागि प्रहरी बल सक्रिय भएको हो । ‘बजारमा उपलब्ध भएको ग्याँसलाई सन्तुलित वितरण मिलाउन हाम्रो भूमिका हुनेछ । डिपोहरुको अवस्था हेर्न पुगेका प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले भने, ‘डिपोमा उपलब्ध ग्याँस वितरणमा सबैको पहुँच बढाउन हामी सहजीकरण गर्छौँ । सिलिण्डरको म्याद सकिने मिति, ग्याँसको तौल, फायर स्टीङ्ग्वीसरको उपलब्धता, उपयुक्त स्थानमा राखिएको छ भने कि छैन, यसको म्याद…

Read More