नेपाल बैंकले मनायाे ८८औँ वार्षिकोत्सव

नेपाल बैंक लिमिटेडले आफ्नो ८८औँ वार्षिकोत्सव मनाएकाे छ ।
वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैंक लिमिटेडले ८८ औँ वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार प्रधान कार्यालयमा समारोह आयाेजना गरेकाे थियाे । कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथि थिए । उक्त समारोहको अध्यक्षता बैंकका सञ्चालक समिति अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले गरेका थिए ।
बैंकले २२९ शाखाहरु, २०५ एटिएम मेसिन साथै ६० वटा एक्टेन्सन काउन्टरमार्फत करिब २५ लाखभन्दा बढी ग्राहकहरुलाई वित्तीय सेवा दिइरहेको छ । करिब ९ लाखभन्दा बढी ग्राहकहरुले डिजिटल प्रविधि मार्फत बैंकिग सेवा लिइरहेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
+1
+1
+1
+1
+1
+1