पहिलाे चाैमासिकमा पौने ६ खर्बकाे वैदेशिक व्यापार

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक साउन–कात्तिकमा ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ बराबर वस्तु आयात भएको छ ।

यो अघिल्लो आव यसै अवधिको तुलनामा ०.१७ प्रतिशत धेरै हो । अघिल्लो आव कात्तिकसम्म ५ खर्ब १२ अर्ब ५० करोड बराबरकाे वस्तु आयात भएको थियो ।

पहिलो चार महिनामा ५२ अर्ब ६७ करोड बराबर वस्तु निर्यात भएको छ । यो अघिल्लो आव यसै अवधिको तुलनामा ४.१६ प्रतिशत धेरै हो । उक्त आवमा ५० अर्ब ५६ करोड ५३ लाख बराबर वस्तु निर्यात भएको थियो ।

कात्तिकसम्म कुल वैदेशिक व्यापार ५ खर्ब ६६ अर्ब ५ करोड बराबर भएको छ । जुन अघिल्लो आव यसै अवधिको तुलनामा सामान्य धेरै हो । गत आवमा कुल वैदेशिक व्यापारको आकार ५ खर्ब ६३ अर्ब ६ करोड रुपैयाँ थियो ।

चार महिनामा व्यापार घाटा ४ खर्ब ६० अर्ब ७१ करोड रुपैयाँ बराबर छ । यो अघिल्लो आवको तुलनामा ०.२६ प्रतिशत कम हो । अघिल्लो आवमा व्यापार घाटा ६ खर्ब ६१ अर्ब ९३ करोड बराबर रहेको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार यस वर्ष चार महिनाको कुल वैदेशिक व्यापारमा आयात हिस्सा ९०.७० प्रतिशत र निर्यात हिस्सा ९.३० प्रतिशत छ । निर्यात सामान्य बढ्दा हिस्सासमेत सुधार भएको छ । गत आवको तुलनामा निर्यात हिस्सा ३.६२ प्रतिशतले बढेको हो ।

चार महिनामा भारतसँग सबैभन्दा धेरै वैदेशिक व्यापार भएको देखिन्छ । भारतबाट चार महिनामा ३ खर्ब १६ अर्ब ८८ करोड बराबरकाे आयात र नेपालबाट भारतमा ३५ अर्ब ७६ करोड बराबर सामान निर्यात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

पहिलाे चाैमासिकमा पौने ६ खर्बकाे वैदेशिक व्यापार