नामीको प्रारम्भिक मूल्य समायोजन, न्यूनतम पच्चीस हजारदेखि मूल्य वृद्धि

बिग ह्याच र फाइभ-स्टार लक्जरी भएको नामी गाडीले नेपालबाट राइट ह्यान्ड ड्राइभको अन्तर्राष्ट्रिय शुभारम्भ गरेको छ ।

यस अवसरमा कम्पनीले सीमित अवधिका लागि विशेष परिचयात्मक मूल्य पनि प्रस्ताव गरेको
छ । नेपालमा शुभारम्भपछि हङकङ, सिंगापुर र मलेसियामा पनि अनावरणहरू गरिएको थियो ।
यो सीमित समयका लागि प्रस्तावित मूल्य यस महिनाको अन्त्यमा समाप्त हुने र यसपछि सामान्य मूल्यहरू नै कायम रहने कम्पनीका प्रवक्ताले बताएका छन् ।

यो मूल्य वृद्धि विभिन्न मोडेल अनुसार भिन्न हुनेछन् । प्रस्तावित मूल्यमा नामी ई१: ने.रू. ३०,२४,००० (ने.रू. २५,००० को वृद्धि), नामी ई२: ने.रू. ३२,४९,००० (ने.रू. ५०,००० को वृद्धि), नामी ई३: ने.रू. ३५,९९,००० (ने.रू. १,००,००० को वृद्धि) , डुअल टोन कलर भेरियन्ट खोज्नेहरूका लागि भने ने.रू. ५०,००० अतिरिक्त लागू हुनेछ।

नामीको आगमन दक्षिण एसियाको ईभी यात्रामा अतुलनीय लक्जरी र टेक्नोलोजीसँग दिगोपनलाई मिलाउने एउटा महत्त्वपूर्ण माइलस्टोन हो । सेग्मेन्टमै पहिलो फ्रेमलेस ढोका, मेमोरी सिट, फ्लस डोर ह्यान्डलहरू, अटो पार्किङका साथै अन्य इन्नोभेटिभ फिच्रस जस्तै लेभल २ एडीएएस सुरक्षा प्रणाली, लाइ-फ्ल्याट स्पेस र १२.८ इन्चको उन्नत इन्फोटेनमेन्ट कन्सोल जस्ता अभिनव सुविधाहरूसहित नामीले ह्याचब्याकमा केके हुनुपर्छ भन्ने कुरालाई पुन: परिभाषित गर्दछ।

एमएडब्लू-वृद्धि नेपालको दुई प्रमुख व्यापारिक घरानाहरू एमएडब्लू ग्रुप र वृद्धि ग्रुप बीचको रणनीतिक साझेदारी हो । सन् २०१४ मा स्थापित एमएडब्लू-वृद्धि नेपाली अटोमोटिभ बजारमा अग्रणी शक्ति हो जसले फोटोन, सोकोन, सेरेस, नामी र चांगान जस्ता प्रख्यात ब्रान्डहरूका विद्युतीय सवारी (ईभीहरू) सहित व्यावसायिक र यात्रुवाहक सवारीहरूको विविध दायरा प्रदान गर्दछ।

सन् १९६४ मा स्थापना भएको एमएडब्लू ग्रुप, अटोमोबाइल, ईन्जिनियरिङ र लगानी सहित विभिन्न
क्षेत्रहरूमा बलियो उपस्थिति भएको एक विविधतायुक्त ग्रुप हो । सन् १९७२ मा स्थापना भएको वृद्धि ग्रुप सन् १८५७ देखिकै पुरानो इतिहास भएको एक अग्रणी नेपाली व्यापार समूह हो ।

यी दुईको साझेदारी मार्फत् स्थापित एमएडब्लू-वृद्धिले ग्राहकहरूलाई असाधारण मूल्य प्रदान गर्न आफ्ना संयुक्त विशेषज्ञता र स्रोतहरूको प्रयोग गर्दछ । उत्कृष्टता, नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताले उनीहरूलाई नेपालको अटोमोटिभ उद्योगमा अग्रणी शक्तिको रूपमा स्थान दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

नामीको प्रारम्भिक मूल्य समायोजन, न्यूनतम पच्चीस हजारदेखि मूल्य वृद्धि