सेयर बजारमा अन्याेल कायमै

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेसँगै सेयर बजारका लगानीकर्तामा अन्यौल देखिएको छ । समीक्षामा कुनै पनि परिवर्तन नभएसँगै बजारको अबको दिशाबारे अन्यौलता देखिएको हो । यसले बजारको आगामी यात्रा अनिश्चित बनाएको छ ।

अहिले शेयर बजार २ हजार ७५० को हाराहारीमा छ । पछिल्लो दुई साता अघिको अवस्था हेर्ने हो भने यो बराबर जस्तै हो । पहिलो साता झन्डै ८० अङ्क घटेको बजार यो साता लगभग त्यति नै अङ्कले बढेर दुई साताअघिकै लेभलमा पुगेको छ ।

२०७८ भदौमा बजारले ३२ सय विन्दुको रेकर्ड बनाएको थियो । त्यसयता बजारले एकपटक ३ हजारको हाराहारीसम्म पुग्नुबाहेक अधिकांश समय लो–क्याप मै रहेको देखिन्छ । अहिले बजारले लिएको स्थान ऐतिहासिक विन्दुभन्दा ४५० र केही समयअघि बुलमा लिएको उचाइभन्दा करिब २५० अङ्क मात्रै कम हो । बजारको अहिलेको यो उचाइ कम हो भन्न सक्ने अवस्था छैन । यो अवस्थामा कुनै नीतिगत परिवर्तन वा विशिष्ट परिस्थितिबिना बजार धेरै माथि जान सक्ने अवस्था देखिँदैन ।

त्यसो भन्दैमा बजार धेरै घटिहाल्छ भन्ने पनि होइन । अहिले बजारले जुन उचाइ लिएको छ, यसको आधार बलियो बनिसकेको छ । पछिल्लो चार महिनामा मात्रै बजारले चारपटक यो उचाइलाई भेटेको देखिन्छ । यो अवस्थाले बजारका लगानीकर्ताले अहिलेको उचाइलाई सामान्य मान्न थालिसकेका छन् भन्ने पुष्टि हुन्छ ।

धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाएको, ब्याजदर एकल दरमा आइपुगेको अवस्थामा शेयर बजार थप गतिशील र चलायमान हुनसक्ने सम्भावना प्रशस्त छ ।

यद्यपि बजारका स्वतन्त्र विश्लेषकहरू सेयर बजार धेरै माथि जाने सम्भावना देख्दैनन् । बजारको अहिलेको पोजिसन नै अ‍ौसतभन्दा माथि रहेको र बजारलाई एक्सिलिरेट गर्ने कुनै व्यवस्था नआएकोले बजार धेरै माथि जान सक्ने अवस्था नरहेको उनीहरूको विश्लेषण छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

सेयर बजारमा अन्याेल कायमै