उद्योगहरूमा दैनिक ८ घण्टा लोडसेडिङ !

नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा दैनिक ८ घण्टा लोडसेडिङ गर्न थालेको छ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको तथा पिक आवरमा भारतबाट विद्युत् आयात गर्न नसकिएको कारण देखाउँदै प्राधिकरणले उद्योगहरूमा लोडसेडिङ सुरु गरेको हो ।

अघिल्ला वर्षहरूमा पुसपछि मात्रै उद्योगहरूमा विद्युत् कटौती हुने गरे पनि यसपटक भने मंसिरको मध्यदेखि नै विद्युत् कटौती सुरु भएको हो ।

‘बाढीले क्षति पुर्‍याएको पिकिङ रन अफ द रिभर आयोजना मर्मतका लागि अहिले पूर्ण रूपमा बन्द छ, भारतबाट पनि पिक आवरमा विद्युत् आयात हुन सकेको छैन, त्यसले औद्योगिक क्षेत्रमा केही घण्टा विद्युत् कटौती गर्नुपर्ने अवस्था छ,’ प्राधिकरणका प्रवक्ता चन्दन घोषले भने ।

तामाकोसी परियोजनाको उत्पादन बन्द हुँदा आपूर्तिमा समस्या भएको उनले जानकारी दिए ।त्यसका अतिरिक्त प्रसारण लाइनमा भएको अवरोधले पनि विद्युत कटौतीको समय बढ्ने गरेको उनले बताए ।

विगत केही दिनयता बर्दघाट–न्यु बुटवल प्रसारण लाइन तथा नवलपुर–ढल्केबर प्रसारण लाइनमा अवरोध आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

उद्योगहरूमा दैनिक ८ घण्टा लोडसेडिङ !