सेयर बजारमा सामान्य सुधार

नेपालको सेयर परिसूचक (नेप्से) बुधबार १.८३ अंकले बढेको छ । अघिल्लो कारोबार दिन सोमबार १५.५४ अंकले घटेर २५९४.१३ अंकमा बन्द भएको नेप्से आज २५९५.९६ अंक पुगेको हो ।

विकास बैंक, होटल र जलविद्युत् क्षेत्रका उपसूचक राम्रै बढे पनि बैंक, फाइनान्स लगायत क्षेत्र घटेपछि समग्रमा नेप्से सिमान्त रूपमा मात्रै सकारात्मक बनेको हो । बुधबार सेयर बजारमा ५ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ । यो सोमबारको कारोबार रकमको तुलनामा कम हो । सोमबार ६ अर्ब ६५ करोडको कारोबार भएको थियो ।

आज सबैभन्दा धेरै जलविद्युत् उपसमूह १.७६ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन क्षेत्र १.६३ प्रतिशतले वृद्धि भएको छ।

घट्नेमा भने फाइनान्स उपसूचक अगाडि देखिएको छ । फाइनान्स कम्पानीका सेयर औसतमा साढे ३ प्रतिशतले घटेका छन् । बुधबार दोल्ती पावर र सुपर मादी जलविद्युत् कम्पनीको सेयर सकारात्मक सर्किटको स्तरमा कारोबार भए । न्यादी जलविद्युतकाे सेयर भने १० प्रतिशतको नकारात्मक सर्किटमा कारोबार भयो । पोखरा फाइनान्स, जानकी फाइनान्स, नेपाल फाइनान्स लगायत कम्पनीको सेयरमा पनि उच्च गिरावट आएको छ ।

कारोबारका हिसाबले भने सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको साढे ३२ करोडको कारोबार भयो भने सुपर मादी हाइड्रोको करिब ३१ करोडको कारोबार भएको छ । बुधबार कुल २ सय ९९ कम्पनीको १ करोड ७ लाख कित्ता सेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

सेयर बजारमा सामान्य सुधार