
खाना पकाउने ग्यास परल मूल्यमा बिक्री गरी उपभोक्तालाई अनुदान रकम खातामा पठाइदिने आयल निगमको तयारी
काठमाडौं । खाना पकाउने ग्यास परल मूल्यमा बिक्री गरी घरायसी उपभोक्तालाई अनुदान रकम खातामा पठाइदिने तयारी नेपाल आयल निगमले थालिएको छ ।नेपाल आयल निगमले उपभोक्तालई अनुदान दिने भन्दै परल मूल्यभन्दा कममा एलपी ग्यास बिक्री गरिरहेको छ । यसरी सबै उपभोक्तालाई अनुदान दिनु समन्यायिक दृष्टिले उचित नहुने मात्रै होइन, निगमको वित्तीय स्वास्थ्यमा पनि घातक देखिएको छ ।व्यावसायिक प्रयोजनमा प्रयोग हुने एलपी ग्यासलाई अनुदान नदिई बिक्री गर्ने प्रयास निगमले लामो समयदेखि गरिरहे पनि त्यो सफल हुन सकेको छैन ।
अब भने निगमले बजारमा परल मूल्यमै ग्यास बिक्री गर्ने तर घरायसी ग्राहक पहिचान गरी उनीहरूलाई अनुदान रकम बैंक खातामा पठाइदिने तयारी थालेको हो ।
अब सिलिन्डर सबै उपभोक्ताले परल मूल्यमै किन्नुपर्ने हुन्छ। घरासयी प्रयोजनमा एक परिवारले वर्षमा किन्न पाउने सिलिन्डर संख्या तोकेर त्यसमा सहुलियत बापतको रकम सिधै खातामा फिर्ता गर्ने तयारी गरेको छ ।