नेपाली बजारमा सोमबार सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको हो । आज चाँदी मूल्य तोलामा ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।
Author: अर्थ उद्यमी मिडिया
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मत खसाल्न काठमाडौं उपत्यका छाड्नेक्रम बढेको छ । यातायात व्यवसायी तथा ट्राफिक प्रहरी दुवैका अनुसार, चुनावका लागि ठूलो संख्यामा मतदाताहरु बाहिरिसकेका छन् भने वाहिरिनेक्रम जारी छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार निर्वाचनको समयमा उपत्यकाबाट मानिसहरू बाहिरिने क्रम विगतको निर्वाचनभन्दा उल्लेखनीय रूपमा बढेको छ । होली पर्वसँगै चार–पाँच दिनको सार्वजनिक विदा पनि परेकाले यो संख्यामा थप वृद्धिको अपेक्षा गरिएको उनले बताए । बुधबार बिहान १२ बजेसम्म ९ लाख मानिस बाहिरिने महासंघको अनुमान छ । उनले भने, ‘टिकटहरू धेरै नै बुकिङ भएका छन् । ९ गतेदेखि निर्वाचनका लागि जाने…
इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत देखिएको छ । इरानसँग प्रत्यक्ष व्यापार न्यून भए पनि रोजगारीका लागि खाडी मुलुकमा रहेका नेपाली र इन्धनका लागि भारतमार्फत हुने आपूर्तिमा अत्यधिक निर्भरता नेपालका लागि मुख्य जोखिम बनेको छ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब २५–३० प्रतिशत हिस्सा रेमिट्यान्सले ओगटेको छ । झण्डै १५ लाख नेपाली कतार, साउदी अरेबिया, यूएई र कुवेतलगायत खाडी देशमा कार्यरत छन् । हाल ति दुई देश बिचको युद्ध ती देशहरूमा फैलिएको अवस्था छ । त्यसकारण, मासिक करिब २०० अर्ब रुपैयाँभन्दा बढीको…
काठमाडौं । युवालाई स्वरोजगार र स्थायी आम्दानीको अवसर सिर्जना गर्ने लक्ष्यसहित आरवाईडी नेपालले आफ्नो सेवा विस्तारलाई तीव्रता दिएको छ । कम्पनीले सवारी साधन सेवामा संलग्न राइडरहरूको आय बढाउने र सुरक्षित सेवा सुनिश्चित गर्ने उद्देश्यले काठमाडौंको कपन क्षेत्रमा अत्याधुनिक वर्कसप सञ्चालन गर्ने तयारी गरेको समेत जनाएको छ । कम्पनीका अध्यक्ष अभिषेक खत्तिवडाका अनुसार, राइडरलाई कमाइमा केन्द्रित बनाउने लक्ष्यसहित कम्पनीले पूर्वाधार विस्तार, सेवा सुधार तथा सहयोग कार्यक्रमहरू अघि बढाइरहेको छ । उनले आगामी दिनमा राइडर मात्र नभई अन्य ग्राहकलाई समेत लक्षित गरी सेवा विस्तार गरिने बताए । सुरुवातमा ५० वटा बाइकबाट सेवा सुरु गरेको कम्पनीले अहिले आफ्ना सवारी साधन १ सय पु¥याएको…
हिमाली मौसम अनुकूल बन्दै जाँदा मुस्ताङको पर्यटन क्षेत्र पुनः चलायमान बन्न थालेको छ । विशेषगरी प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा तीर्थयात्री र घुम्न आउने पर्यटकको सङख्या बढ्न थालेपछि समग्र हिमाली पर्यटनले नयाँ गति लिन थालेको हो । मुक्तिनाथ विकास समितिका अनुसार हाल दैनिक चार हजारदेखि पाँच हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक मन्दिर पुगिरहेका छन् । पुस–माघको चिसोका कारण सुस्ताएको आगमन फागुन लागेसँगै पुनः बढेको छ, जसले धार्मिक पर्यटनको सिजन सुरु भएको संकेत दिएको छ । मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बी दुवैका लागि पवित्र तीर्थ हो । तर यहाँ आउने पर्यटक केवल दर्शनमै सीमित छैनन् । हिमालको काखमा रहेको शान्त वातावरण, १०८ धारा,…
नेपालको रङ बजारमा अग्रणी स्थान ओगटेको एशियन पेन्ट्स (नेपाल) प्राइभेट लिमिटेडको सञ्चालन आम्दानीमा सन् २०२५ मा उल्लेखनीय सुधार देखिएको छ । अघिल्लो वर्ष (सन् २०२४) आर्थिक मन्दीका कारण व्यवसायमा भारी गिरावट व्यहोरेको कम्पनीले यस वर्ष २६ प्रतिशतभन्दा बढीको वृद्धिदर हासिल गर्दै पुनरागमन गरेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले हालै सार्वजनिक गरेको विवरण अनुसार, सन् २०२५ मा कम्पनीले ५ अर्ब ८९ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी सन् २०२४ को तुलनामा १ अर्ब २२ करोड ४० लाख रुपैयाँले बढी हो । सन् २०२४ मा कम्पनीको आम्दानी खुम्चिएर ४ अर्ब ६७ करोड ४० लाख रुपैयाँमा सीमित…
नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ हजार २ सय रुपैयाँले बढेर ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १७० रुपैयाँले बढेर ५ हजार ५९५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ५ हजार ४ सय २५ रुपैयाँमा कारोवार भएको थियो।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशमाथि लगाइएको १० प्रतिशत विश्वव्यापी ट्यारिफ बढाएर १५ प्रतिशत पु¥याउने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल टूथ सोसलमार्फत यस्तो जानकारी दिएका हुन् । ट्रम्पले अमेरिकी सर्वोच्च अदालतले हालै दिएको निर्णयको समीक्षा गरेपछि आफूले १० प्रतिशत ट्यारिफलाई “कानूनी रूपमा अनुमति प्राप्त र परीक्षण भइसकेको” १५ प्रतिशत तहमा पु¥याउने निर्णय गरेको बताएका छन् । उनका अनुसार आगामी केही महिनाभित्र ट्रम्प प्रशासनले नयाँ र कानूनी रूपमा मान्य ट्यारिफ दर निर्धारण गरी लागू गर्नेछ । यसअघि अमेरिकी सर्वोच्च अदालतले ६–३ को बहुमतमा ट्रम्प प्रशासनले सन् १९७७ को इन्टरनेशनल इमर्जेन्सी इकोनोमिक पावर्स एक्ट प्रयोग गरी व्यापक…
चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा नेपालमा कच्चा खाद्य तेल आयात र प्रशोधित तेल निर्यात दुवै उल्लेख्य रूपमा बढेको देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा ९३ अर्ब ७५ करोड ४६ लाख रुपैयाँ बराबरको कच्चा खाद्य तेल आयात भएको छ भने ७८ अर्ब १९ करोड ६१ लाख रुपैयाँको प्रशोधित खाद्य तेल निर्यात भएको छ । कुल आयातमध्ये सबैभन्दा ठूलो हिस्सा कच्चा भटमास (सोयाबिन) तेलको रहेको छ । सात महिनामा ७० अर्ब ९९ करोड रुपैयाँ बराबरको ४४ करोड ८३ लाख ८७ हजार ४ सय ९४ लिटर कच्चा भटमास तेल आयात भएको छ । त्यस्तै, ६६ अर्ब ७८ करोड ८७ लाख…
साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोवार भैइरहेको छ । शुक्रबार सुन ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३७५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ४ सय २५ रुपैयाँमा कारोवार भैइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा किनबेच भएको थियो ।
उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री अनिल कुमार सिन्हाले पेट्रोलमा १० प्रतिशत मात्र इथानोल मिसाउँदा पनि वार्षिक करिब १३ करोड लिटर पेट्राेल आयात घटाउन सकिने बताएका छन् । नेपालमा इथानोल मिश्रण नीति: अवसर चुनौती र कार्यान्वयन रणनीतिबारे आइतबार काठमाडौंमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले यस्तो बताएका हुन् । उनले वार्षिक करिब १३ करोड लिटर पेट्रोलको आयात घटाउन सक्दा ६ अर्ब रुपैयाँ बरबारको विदेशी मुद्राको बचत हुने दाबी गरे । ‘पेट्रोलमा १० प्रतिशत मात्र इथानोल मिश्रणगर्दा वार्षिक करिब १३ करोड लिटर प्रटोलको आयात घटाउन सकिने रहेछ । यसबाट ६ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्राको बचत हुन्छ,’ उनले भने, ‘यसले गर्दा नेपालमा…
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको ‘दोस्रो इन्डो–नेपाल व्यापार महोत्सव २०२६’ लाई शुक्रबार सम्बोधन गर्दै उनले दुई देशबीचको व्यापार र लगानी सहकार्यलाई व्यवहारिक उपलब्धिमा रूपान्तरण गर्न आग्रह गरेका हुन् । अध्यक्ष ढकालले नेपाल–भारतबीच सहज भन्सार प्रक्रिया, मापदण्ड समन्वय, डिजिटल व्यापार प्रणाली सुदृढीकरण तथा साना–मझौला उद्योगलाई वित्तीय पहुँच र प्रविधि हस्तान्तरणमा सहजीकरण आवश्यक रहेको बताए । उनले भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार र प्रमुख लगानी स्रोत रहेको उल्लेख गर्दै खुला सीमा, सांस्कृतिक निकटता र जनस्तरको सम्बन्धले दुई देशबीचको साझेदारीलाई विशिष्ट बनाएको धारणा राखे…
महाशिवरात्री नजिकिएसँगै भारतसँगै नेपालका विभिन्न ठाउँबाट भक्तजन एवम नागा बाबाहरु काठमाडौँ आउन थालेका छन् । पशुपतिनाथ मन्दिर परिसरका आवतजावत गर्ने भक्तजनहरुको संख्या समेत वृद्धि भएको छ ।
रौतहट । गौरस्थित करदाता सेवा कार्यालय खारेज गरी त्यहाँका महत्वपूर्ण कागजात र फर्निचरका सामानहरू आन्तरिक राजस्व कार्यालय सिमरा (बारा) लैजान खोजिएपछि शुक्रबार गौरमा तनाव उत्पन्न भएको छ । ट्रकमा सामान लोड गरी लैजान खोज्दा स्थानीय उद्योगी, व्यापारी र राजनीतिक दलका प्रतिनिधिहरूले कडा अवरोध गरेपछि स्थिति तनावपूर्ण बनेको हो । शुक्रबार दिउँसो सुरक्षाकर्मीहरूको बाक्लो उपस्थितिमा कार्यालयका सामानहरू ट्रकमा लोड गरी सिमरा लैजान खोजिएको थियो ।तर, जानकारी पाएलगत्तै पुगेका उद्योग वाणिज्य संघका पदाधिकारी र स्थानीयले सामान लैजान रोकेका थिए । अवरोधपछि सामानहरू पुनः कार्यालयमै फर्काइएको छ । कार्यालय हटाउन लागेको विरोधमा आक्रोशित व्यापारीहरूले गौर बजार पूर्ण रूपमा बन्द गराएका छन् । प्रदर्शनकारीहरूले…
कानुनमन्त्री अनिलकुमार सिन्हाले महिलालाई रोजगारीको अवसर दिने मात्र नभई रोजगारदाता र नेतृत्वकर्ता बनाउनु अपरिहार्य रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित आइएमई लाइफ न्यूबिज बिजनेस वुमन समिट एण्ड अवार्ड –२०२६ लाई सम्बोधन गर्दै उनले महिला उद्यमशिलता अर्थतन्त्र विस्तारको साधन मात्र नभई ,सामाजिक रुपान्तरणको बलियो आधार पनि भएको बताए । उनले भने,‘महिलालाई रोजगारीको अवसर दिने मात्र होइन्,रोजगारदाता र नेतृत्वकर्ता बनाउनु आजको आवश्यकता र अपरिहार्यता भइसकेको छ । महिला उद्यमशिलता अर्थतन्त्र विस्तारको साधन मात्र होइन सामाजिक रुपान्तरणको बलियो आधार पनि हो ।’ मन्त्री सिन्हाले अबको आर्थिक समृद्धि नारामा मात्र सिमित नराखी रोजगारी सृजना उद्यमशिलता विकास मार्फत हुनुपर्नेमा जोड दिए । समावेशी आर्थिक…
सर्लाहीमा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई थप मजबुत बनाइने भएको छ । यही फागुन २१ गते तय भएको निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष ढंगले सम्पन्न गर्न फागुन १५ गतेदेखि २२ गतेसम्म विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइने निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आज बसेको सुरक्षा अधिकारी तथा राजनीतिक दलहरूको संयुक्त बैठकले उक्त अवधिमा विदेशी नम्बर प्लेट भएका दुई पांग्रे र चार पांग्रे सबै प्रकारका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको जनाएको छ । निर्णयअनुसार सो समयसीमाभित्र विदेशी नम्बर प्लेटका सवारी साधन चलाएको पाइएमा सुरक्षाकर्मीले नियन्त्रणमा लिनेछन् । प्रशासनका अनुसार निर्वाचनको संवेदनशीलतालाई दृष्टिगत गर्दै…
नेपाल अरनिको यातायात सेवा प्रालिले काठमाडौं खुर्कोट हुँदै रामेछापको मन्थलीको रुट प्रयोग गरी सञ्चालन हुने आफ्ना सम्पूर्ण क्यूका बस सेवाहरू अनिश्चितकालका लागि स्थगित गरेको जनाएको छ । सुरक्षा जोखिमको कारण देखाउँदै नेपाल अरनिको यातायातले काठमाडौंबाट सो रुटमा चल्ने बसको सेवा अनिश्चितकालका लागि स्थगित गरेको जनाएको छ । कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै रामेछाप मन्थली नगरपालिका–६ मसानटारमा भएको दुर्घटनाका कारणले अर्को सूचना नआएसम्मको लागि हाललाई क्यूहरु स्थगित गरिएको जनाएको छ । गत मंगलबार रामेछापको मन्थलीमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने सात जना यात्रु घाइते भएका थिए । सो दुर्घटनामा तीन जना हराइरहेका छन् । पीडित पक्षसँग…
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको जनताले नपत्याउने अवस्था भएपछि बालेन(बालेन्द्र शाह) झापातिर आएको बताएका छन् । सोमबार झापामा आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले आफ्नै जिल्लाका कसैले पत्याउने अवस्था नभएको कारण काठमाडौंमा जिति सकेको मान्छेले, त्यहाँबाट फेरि उठ्ने आँट नगरेको बताए । उनले भने, ‘हामीले थाहा पाउनुपर्छ, आफ्नै जिल्लाबाट कोही मान्छे किन चुनाव लड्दैँन् । आफ्नै जिल्लाका कसैले पत्याउने अवस्था छैन् । त्यहाँ ढाँट्न सकिँदैन । काठमाडौंमा जितिसकेको मान्छेले, त्यहाँबाट किन आँट गर्दैन् फेरि लड्नको लागि । किन यहाँ आउनुपर्यो । यो कुरा साथीहरुले बुझ्नु भएको छ ।’ यस्तै, उनले सामाजिक न्याय र समानताको आधारमा सामाजिक सद्भावको कुरा आउने…
नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४ हजार १ सय रुपैयाँले बढेको हो । आइतबार ३ लाख ५ सय रुपैयाँमा कारोवार भैइरहेको सुन आज बढेर ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोवार भैइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा २४० रुपैयाँले बढेर प्रतितोला ५ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको पूर्वाधार विकासको गति सुस्त हुनुमा सतही कारण मात्र नभई प्रणालीगत समस्या मुख्य दोषी रहेको बताएका छन् । निर्देशन दिने, ठेकेदारलाई तर्साउने वा कर्मचारीलाई गाली गर्ने जस्ता ‘जादु टुना’ शैलीले विकास सम्भव नहुने भन्दै उनले अबको ५ वर्षमा पूर्वाधार क्षेत्रमा कायापलट गर्ने स्पष्ट खाका आफूसँग रहेको दाबी गरेका हुन् । सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै थापाले नारायणगढ–बुटवल सडक खण्ड, पूर्व–पश्चिम राजमार्ग र मेलम्ची खानेपानी आयोजनाजस्ता राष्ट्रिय गौरवका आयोजनाहरूको दूरावस्थालाई चित्रण गर्दै विकासको परम्परागत शैली अब काम नलाग्ने निष्कर्ष सुनाए । थापाले देशका ठूला आयोजनाहरू वर्षौँसम्म अलपत्र पर्ने र सहरका सडकहरूमा समन्वय अभावमा बारम्बार…
वीरगञ्ज महानगरपालिकाको मुख्य व्यापारिक केन्द्र आदर्शनगरस्थित एक गोदाममा राजस्व छलीको आशंकामा छापा मार्न पुगेको संयुक्त टोलीसँग स्थानीय व्यापारीहरूको झडप भएको छ । सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको टोलीले छापा मार्ने क्रममा स्थिति तनावग्रस्त बनेपछि भएको झडपमा एकजना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन् । सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल, वीरगञ्ज भन्सारका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास अधिकारीका अनुसार विशेष सूचनाका आधारमा संयुक्त टोली आदर्शनगरस्थित एक गोदाममा पुगेको थियो । टोलीले खानतलासी सुरु गर्न लाग्दा स्थानीय व्यापारीहरूले विरोध जनाएपछि विवाद सुरु भएको थियो । व्यापारीहरूले आफूहरूसँग सामानको वैध बिलबिजक रहेको दाबी गर्दै विनाकारण दुख दिइएको आरोप…
नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा सहयोग आदान प्रदानबारे छलफल भएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा र नेपालका लागि कतारका राजदूत महामहिम मिसालबीन मोहम्मद अलि अल अन्सारी तथा नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम. ए. अलोबैदली तथा कतार एयरवेजका प्रतिनिधिविच भेटवार्ता भएको हो । भेटघाटमा नेपाल–कतार आर्थिक विकास, पर्यटन प्रवद्र्धन, हवाई उडान विस्तार तथा नागरिक उड्डयन क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो । विशेषगरी नेपाल र कतारबीच सिधा हवाई उडानको संख्या बढाउने, नयाँ…
थापाथलीस्थित द ब्रिटिश कलेजविरुद्ध श्रृंखलाबद्ध झुटो भिडियो सामग्री प्रसारण गरेको डाँफे नेपाल टिभीले कलेजसँग औपचारिक रूपमा माफी मागेको छ । डाँफे नेपाल मिडियाका सञ्चालक दिपेश कुमार जैसवालले द ब्रिटिश कलेजलाई पत्र पठाउँदै आफूहरूबाट गल्ती भएको स्वीकार गरेका हुन् । सूचना तथा प्रसारण विभाग तथा प्रेस काउन्सिल नेपालमा दर्ता भएको डाँफे नेपाल मिडिया प्रा.लिले सत्यतथ्य जाँच नगरी सामग्री प्रसारण गरिएको स्वीकार गरेको छ । कलेजलाई पठाइएको पत्रमा उल्लेख गरिएअनुसार द ब्रिटिश कलेजसम्बन्धी केही भिडियो सामग्रीहरू सम्पूर्ण तथ्य र यथार्थ नबुझी, आवश्यक सत्य जाँच नगरी प्रसारण गरिएको र ती सामग्रीहरू केही व्यक्ति तथा विद्यार्थीहरूबाट आएको दबाब र सूचनाको आधारमा तयार गरिएको डाँफे…
प्रेमको उत्सव मानिने ‘प्रणय दिवस’ (भ्यालेन्टाइन्स डे) सप्ताहका लागि नेपालमा करिब साढे ४ लाख स्टिम गुलाफको माग हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार फेब्रुअरी ७ देखि १४ सम्म चल्ने प्रेम दिवस सप्ताहमा ४ लाख ५० हजार स्टिम गुलाफ (डच रोज) खपत हुने अनुमान छ । बजारमा गुलाफको माग उच्च रहे पनि प्रतिकूल मौसमका कारण आन्तरिक उत्पादनले नधान्दा यस वर्ष पनि नेपाल गुलाफमा परनिर्भर हुनुपर्ने बाध्यता देखिएको छ । जाडो मौसममा गुलाफको फूल फुल्ने प्रक्रिया ढिलो हुने र उत्पादन कम हुने भएकाले आन्तरिक उत्पादनले बजारको करिब ३० प्रतिशत मागमात्र धान्ने फ्यानले जनाएको छ । बाँकी ७० प्रतिशत…
नेपाल पर्यटन बोर्ड (एनटीबी)ले आफ्नो ‘ह्यासट्याग फोटो नेपाल’ #photoNepal पहल अन्तर्गत कोन्ज्योसोम भारदेउ फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ । प्रदर्शनीमा हिमालयका मनमोहक दृश्यसँगै नेपालको जीवन्त स्थानीय जीवन झल्किने तस्बिरहरू प्रदर्शन गरिनेछन् । प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड परिसरमा फेब्रुअरी ६ देखि ८ (माघ २३ देखि २५) सम्म आयोजना हुनेछ । तीनदिने यो प्रदर्शनी बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सर्वसाधारणका लागि खुला रहने एनटीबीले जनाएको छ । एनटीबीका अनुसार प्रदर्शनीको उद्देश्य प्रतिभाशाली फोटोग्राफरहरूको सिर्जनात्मक दृष्टिकोणमार्फत नेपालका लुकेका पर्यटन गन्तव्यहरू उजागर गर्नु हो । यसले आगन्तुकहरूलाई नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको दृश्यात्मक अनुभव प्रदान गर्ने विश्वास बोर्डले लिएको…
मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । चाल्नाखेलबाट प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनीविरुद्ध साइबर ब्युरोमा उजुरी रहेको प्रहरी स्रोतले बतायो । २ साताअघि मात्र हाजिरी जमानीमा छुटेका प्रसाईँलाई प्रहरीले आज पुन: पक्राउ गरेको हो । यसअघि नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयलाई लिएर गगन थापामाथि आर्थिक चलखेलको भ्रम फैलाएपछि उनी पक्राउ परेका थिए । प्रसाईँमाथि कारबाही गर्न आयोगले साइबर ब्युरोमा पत्रचार नै गरेको थियो । यसअघि नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयलाई लिएर गगन थापामाथि आर्थिक चलखेलको भ्रम फैलाएपछि उनी पक्राउ परेका थिए ।…
नेपाल टेलिकमले ६ अर्ब रुपैयाँ नाफा नाफा कमाएको छ भने, १८ अर्ब रुपैयाँ सरकारलाई कर तिरेको छ । टेलिकमले आफ्नो स्थापनाको २२औँ वार्षिकोत्सवको अवसरमा सेवा विस्तार र प्रविधि आधुनिकीकरणका क्षेत्रमा उल्लेखनीय फड्को मारेको जनाएको छ। एक शताब्दीभन्दा लामो इतिहास बोकेको संस्थाले २३औँ वर्षमा प्रवेश गर्दा देशभरका ७७ वटै जिल्लाका ७ सय ४९ स्थानीय तहमा फोरजी–एलटीई सेवा विस्तार गरेको छ । कम्पनीले अब हुम्ला र मुगुका केही दुर्गम क्षेत्रमा मात्र यो सेवा पुर्याउन बाँकी छ । ग्राहक सेवालाई थप प्रभावकारी बनाउन कम्पनीले उच्च गतिको फाइबर इन्टरनेटको पहुँच २२ लाख ६५ हजार घरधुरीमा विस्तार गरेको छ । जसमध्ये ८ लाख ४९ हजारभन्दा…
चालु आर्थिक वर्षको प्रथम छ महिनामा वीरगञ्जबाट चार अर्ब ५६ करोड रुपैयाँ बराबरका ३२ हजार ३ सय ३१ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन् । ती सवारी साधनको आयातबाट चार अर्ब ४३ करोड रुपैयाँ राज्यकोषमा दाखिला भएको छ । गत आवको सोही अवधिमा तीन अर्ब ३८ करोड रुपैयाँ बराबरका २५ हजार ८ सय ५७ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका थिए । वीरगंज भन्सार कार्यालयका अनुसार चालु आवको पहिलो छ महिनामा ४५ करोड ८१ लाख रुपैयाँ बराबरका चार हजार ५ सय ६७ वटा मोटरसाइकल आयात भएको छन् । गत आवको सोही अवधिमा २० करोड ७६ लाख बराबरका दुई हजार १ सय…
नेपाली बजारमा शुक्रबार सुनको मूल्य ४ हजार २ सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य ४ हजार २ सय रुपैयाँले घटेर दुई लाख ९१ हजार कायम भएको छ ।हिजो बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँ थियो ।त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा २७० रुपैयाँले घटेर प्रतितोला चार हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो चाँदी अघिल्लो दिन चार हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।
गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले गरेको छलफलमा बोल्दै अध्यक्ष लिङ्देनले उत्साह बाँडेर एयरपोर्टको योजना ल्याउँदै ४१ अर्ब ऋणको भारी बोकाएको बताए । ‘नचल्ने एयरपोर्ट कसले बनायो ?,’ लिङ्देनले प्रश्न गर्दै भने, ‘एयरपोर्ट पनि चल्नु पर्छ र तिनीहरुलाई कारवाही पनि हुनुपर्छ ।’ उद्घाटन भएको ३ वर्ष हुँदा पनि किन सञ्चालन आएन भन्ने कुराको उठानले नै छानबिन समिति बनेर अनियमितता र कसरी सञ्चालन गर्ने कुराको विषयमा काम हुने उनको भनाइ थियो । पोखरा विमानस्थल छानबिन समितिको उपसंयोजक पनि रहेका सार्वजनिक लेखा समितिको सदस्य लिङ्देनले भैरहवा विमानस्थलबारे बनेको उपसमितिका संयोजकमाथि प्रश्न उठेकोमा आपत्ति जनाएका छन्…
भ्रष्टाचारीलाई कारबाही गरेर भैरहवा र पोखराका विमानस्थल चलाउनुपर्ने बताएका छन् । गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले गरेको छलफलमा बोल्दै अध्यक्ष लिङ्देनले उत्साह बाँडेर एयरपोर्टको योजना ल्याउँदै ४१ अर्ब ऋणको भारी बोकाएको बताए । ‘नचल्ने एयरपोर्ट कसले बनायो ?,’ लिङ्देनले प्रश्न गर्दै भने, ‘एयरपोर्ट पनि चल्नु पर्छ र तिनीहरुलाई कारवाही पनि हुनुपर्छ ।’ उद्घाटन भएको ३ वर्ष हुँदा पनि किन सञ्चालन आएन भन्ने कुराको उठानले नै छानबिन समिति बनेर अनियमितता र कसरी सञ्चालन गर्ने कुराको विषयमा काम हुने उनको भनाइ थियो । पोखरा विमानस्थल छानबिन समितिको उपसंयोजक पनि रहेका सार्वजनिक लेखा समितिको सदस्य…
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारीलाई कारबाही गरेर भैरहवा र पोखराका विमानस्थल चलाउनुपर्ने बताएका छन् । गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले गरेको छलफलमा बोल्दै अध्यक्ष लिङ्देनले उत्साह बाँडेर एयरपोर्टको योजना ल्याउँदै ४१ अर्ब ऋणको भारी बोकाएको बताए । ‘नचल्ने एयरपोर्ट कसले बनायो ?,’ लिङ्देनले प्रश्न गर्दै भने, ‘एयरपोर्ट पनि चल्नु पर्छ र तिनीहरुलाई कारवाही पनि हुनुपर्छ ।’ उद्घाटन भएको ३ वर्ष हुँदा पनि किन सञ्चालन आएन भन्ने कुराको उठानले नै छानबिन समिति बनेर अनियमितता र कसरी सञ्चालन गर्ने कुराको विषयमा काम हुने उनको भनाइ थियो । पोखरा विमानस्थल छानबिन समितिको…
२७ वैशाख, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारीलाई कारबाही गरेर भैरहवा र पोखराका विमानस्थल चलाउनुपर्ने बताएका छन् । गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले गरेको छलफलमा बोल्दै अध्यक्ष लिङ्देनले उत्साह बाँडेर एयरपोर्टको योजना ल्याउँदै ४१ अर्ब ऋणको भारी बोकाएको बताए । ‘नचल्ने एयरपोर्ट कसले बनायो ?,’ लिङ्देनले प्रश्न गर्दै भने, ‘एयरपोर्ट पनि चल्नु पर्छ र तिनीहरुलाई कारवाही पनि हुनुपर्छ ।’ उद्घाटन भएको ३ वर्ष हुँदा पनि किन सञ्चालन आएन भन्ने कुराको उठानले नै छानबिन समिति बनेर अनियमितता र कसरी सञ्चालन गर्ने कुराको विषयमा काम हुने उनको भनाइ थियो ।…


