सरकारले शनिबार बिहान बालाजु र माछापोखरी क्षेत्रको अतिक्रमित बस्तीमा डोजर चलाएको छ ।
यसअघि शुक्रबार टेकु, शंखमुख, बल्खु, बंशीघाट क्षेत्रको सुकुमबासी बस्तीका घरटहरा भत्काएकाे थियाे ।
पहिलो चरणमा थापाथली, गैरी गाउँलगायत क्षेत्रको सुकुमबासी बस्ती हटाएकोमा दोस्रो चरणअन्तर्गत सुकुमबासी तथा नदी क्षेत्र आसपासका बस्तीमा डोजर चलाएको छ । यो क्रमले शनिबार पनि निरन्तरता पाइरहेको छ ।


