लामो समयदेखि अन्यौलमा रहेको काठमाडौँ चक्रपथ दोस्रो खण्ड (कलंकी–बसुन्धरा) विस्तारले गति लिने भएको छ ।
नेपाल र चीनबीच यस खण्ड विस्तारका लागि औपचारिक सम्झौता भएसँगै निर्माणको बाटो खुलेको हो ।बुधबार भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगबिच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको थियाे ।
सम्झौताअनुसार चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्मको ८.२ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ । यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने उल्लेख छ ।
गत फागुनमै सरकारले कर छुटको निर्णय गरिसकेको भए पनि निर्वाचन र सरकार परिवर्तनका कारण सम्झौता प्रक्रियामा ढिलाइ हुँदै आएको थियो ।


