ग्यास अभावको विरोधमा नेकपानिकट विद्यार्थी संगठनले काठमाडौंस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस अगाडि दाउरामा खाना पकाएर प्रदर्शन गरेको छ ।
पछिल्लो समय ग्यासको अभाव देखिएपछि विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण गराउन सांकेतिक रूपमा दाउरामा खाना पकाएर प्रदर्शन गरेको हो ।


