ग्यास बिक्रेता महासंघ नेपालले तोकेको दररेटभन्दा बढी मूल्य लिई बिक्री गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।
भोटेकोसीमा आएको बाढीले कृष्णभीरको बाटो कटान गरी राजधानी जोड्ने बाटो अवरुद्ध हुँदा उपत्यकाको आपूर्ति प्रणालीमा समस्या थप हुँदै आएको छ । यस्तो परिस्थितिमा धेरै पैसा लिएर ग्यास विक्री गर्नेलाई कारवाही गर्न महासंघले माग गरेको हो ।
‘अनुचित मूल्य लिई ग्यास तथा अन्य उपभोग्य वस्तु बिक्री गर्नु दण्डनीय कार्य हो । यस्तो कार्य गर्नेलाई कारवाही गर्नु पर्छ । वास्तविक समस्यामा परेका उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास बिक्री–वितरण गर्न आग्रह छ,’ महासंघले विज्ञप्तिमा उलेख गरेको छ ।
विषम परिस्थितिमा आम उपभोक्तालाई अत्यावश्यक वस्तु सहज रुपमा उपलब्ध गराउनु सरकार, ग्यास उद्योगी तथा विक्रेता सबैको साझा दायित्व रहेको ग्यास विक्रेता महासंघ नेपालले बताएको छ ।


