नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्य बढाएको हो । निगमले पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल÷मट्टितेल ५ रुपियाँ र हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँले बढाएको हो । यसैगरी, अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले बढेको छ । इण्डियन आयल कर्पोरेसनले ३१ जुलाई, २०२६ मा पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा २० रुपियाँ १९ पैसा, डिजेलमा ३९ रुपियाँ ६७ पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपियाँ ६ पैसा बढेर आएको छ ।
Author: अर्थ उद्यमी मिडिया
नेपालको अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान गर्ने कृषि क्षेत्र चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा सुस्त देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्कअनुसार कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर १.५८ प्रतिशतमा सीमित भएको छ । धान उत्पादनमा आएको गिरावटले कृषि क्षेत्रको समग्र वृद्धिलाई कमजोर बनाएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार धानबालीको उत्पादन घटे पनि पशुपन्छी, तरकारीबाली, फलफूल तथा वन पैदावारको उत्पादनमा भएको सामान्य वृद्धिले कृषि क्षेत्रलाई सकारात्मक अवस्थामा कायम राख्न सहयोग गरेको छ । यी उपक्षेत्रको योगदानका कारण कृषि क्षेत्र ऋणात्मक हुनबाट जोगिएको प्रतिवेदनमा उल्लेख छ । तेस्रो त्रैमासमा मुलुकको समग्र आर्थिक वृद्धिदर ३.५१…
नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको रूपमा चिनिने असार १५ लाई सरकारले औपचारिक रूपमै धान दिवसका रूपमा मनाउँदै आएको छ । कृषिप्रधान देश नेपालको अर्थतन्त्र, खाद्य सुरक्षा र संस्कृतिसँग अभिन्न रूपले जोडिएको धान खेतीको महत्वलाई उजागर गर्न देशभरका खेतका फाँटहरूमा सामूहिक रोपाइँ, हिलो खेल्ने र असारे गीत गाउने परम्परा रहेको छ । तर, उत्सवको यो माहोलबीच नेपाली किसानहरू भने समयमै मल नपाउने समस्या, खेतीयोग्य जमिनको अभाव र उत्पादनको उचित मूल्य नपाएको चिन्तामा छन् । सरकारले किसानलाई उनीहरूको श्रमको उचित मूल्य दिलाउन र बजारमा बिचौलियाको चलखेल…
नेपाली मौलिक पेय पदार्थ मही अब चारतारे होटलको मेनुमा पनि समावेश भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा होलिडे इन एक्सप्रेस होटल, नक्सालका सञ्चालक नरेशलाल श्रेष्ठले आफ्नो प्रतिबद्धता पूरा गर्दै आइतबारदेखि होटलमा बस्ने स्वदेशी तथा विदेशी पाहुनालाई लक्षित गर्दै होटलको मेनुमा महीलाई पनि समावेश गरेका हुन् । नेपाल डेरी एसोसिएसनले आयोजना गरेको दही–चिउरा प्रवद्र्धन तथा उपभोग कार्यक्रममा श्रेष्ठले स्टार होटलहरूमा पनि मही उपलब्ध गराउने प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता कार्यान्वयन भएपछि एसोसिएसनले उनको पहलको स्वागत गर्दै धन्यवाद तथा आभार व्यक्त गरेको छ । होटलमा मही समावेश गर्नुको उद्देश्य नेपालको मौलिक उत्पादन, संस्कृति र परम्परालाई स्वदेशी…
इस्टर्न सुगर मिल्स लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब ४९ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीको कारोबार अघिल्लो वर्षको १ अर्ब ४० करोड ५० लाख रुपैयाँको तुलनामा बढेको हो । रेटिङ एजेन्सी इक्रा नेपालको प्रतिबेदन अनुसार सन् २०२३ मा कम्पनीले १ अर्ब १२ करोड ५० लाख रुपैयाँ तथा सन् २०२२ मा ९४ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले गत वर्ष १ लाख ९१ हजार ३०२ मेट्रिक टन उखु प्रशोधन गरेको जनाएको छ । कम्पनीले अघिल्लो वर्ष सन २०२४ मा १ लाख ८५ हजार ५०४ मेट्रिक टन उखु प्रशोधन गरेको थियो । उखु प्रशोधनको मात्रा…
गर्मीयाम अर्थात सिजन सुरु भएसँगै बजारमा आँपको किनमेल बढेको छ । कालिमाटी फलफूल बजारमा विभिन्न जिल्लाबाट आएको ताजा आँप तथा लिची खरिद गर्न ग्राहकहरुको चहलपहल बढ्न थालेका देखिन्छ ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेको भन्दै त्यसलाई तत्काल फिर्ता लिन माग गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले उक्त निर्णय आम उपभोक्ताको हितविपरीत, ऊर्जा रूपान्तरणको लक्ष्यविपरीत तथा स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढाउने राष्ट्रिय अभियानविपरीत रहेको बताएका हुन्। उनले भने, ‘सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेको छ। यो निर्णय आम उपभोक्ताको हितविपरीत,…
पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटलाई अवास्तविक र अस्वाभाविक रूपमा बढाइएको भन्दै आलोचना गरेका छन् । शुक्रबार बजेट भाषणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बजेटको आकार करिब साढे २१ खर्ब पु¥याइनु यथार्थपरक नभएको टिप्पणी गरे। विगतमा पनि बजेट अनुमान र वास्तविक खर्चबीच ठूलो अन्तर रहने गरेको उल्लेख गर्दै उनले अहिलेको बजेट पनि त्यसै प्रवृत्तिको निरन्तरता भएको दाबी गरे । पुनले वर्तमान बजेटलाई ‘फुलेको र वितरणमुखी’ भन्दै यसले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न नसक्ने बताएका छन्। अनुदान, छुट र सामाजिक सुरक्षा विस्तार सकारात्मक भए पनि त्यसका लागि आवश्यक स्रोत सुनिश्चित नभएको उनको…
सरकारले चुरोट र मदिरामा १० प्रतिशतले कर बढाएको छ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेट आज प्रस्तुत गरेका छन् । नयाँ बजेटको ढाँचा र प्रस्तुति परम्परागतभन्दा भिन्न छ भने आकारको हिसाबले महत्वाकांक्षी छ । बजेटमार्फत अर्थमन्त्री डा. वाग्लेले संरचनागत सुधारको बाटो समातेका छन् ।अघिल्लो वर्षको तुलनामा यो वर्षको बजेटले सर्वसाधारण नागरिक, मध्यम वर्ग र व्यवसायीहरूलाई प्रत्यक्ष राहत दिने गरी करको संरचना र दायरामा व्यापक फेरबदल गरेको छ । बजेटले मध्यमवर्गीय नागरिक लाभान्वित हुने गरी आयकरको सीमामा वृद्धि गरेको छ । अघिल्लो वर्षको तुलनामा सरकारले करको बोझ घटाउन आयकर छुटको सीमालाई सीधा दोब्बर बनाउँदै व्यक्तिका लागि वार्षिक १० लाख रुपैयाँ पुर्याएको…

