Author: अर्थ उद्यमी मिडिया

लामो समयदेखि अन्यौलमा रहेको काठमाडौँ चक्रपथ दोस्रो खण्ड (कलंकी–बसुन्धरा) विस्तारले गति लिने भएको छ । नेपाल र चीनबीच यस खण्ड विस्तारका लागि औपचारिक सम्झौता भएसँगै निर्माणको बाटो खुलेको हो ।बुधबार भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगबिच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको थियाे । सम्झौताअनुसार चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्मको ८.२ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ । यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने उल्लेख छ । गत फागुनमै सरकारले कर छुटको निर्णय गरिसकेको भए पनि निर्वाचन र सरकार परिवर्तनका कारण सम्झौता प्रक्रियामा ढिलाइ हुँदै…

Read More

सरकारले शनिबार बिहान बालाजु र माछापोखरी क्षेत्रको अतिक्रमित बस्तीमा डोजर चलाएको छ । यसअघि शुक्रबार टेकु, शंखमुख, बल्खु, बंशीघाट क्षेत्रको सुकुमबासी बस्तीका घरटहरा भत्काएकाे थियाे । पहिलो चरणमा थापाथली, गैरी गाउँलगायत क्षेत्रको सुकुमबासी बस्ती हटाएकोमा दोस्रो चरणअन्तर्गत सुकुमबासी तथा नदी क्षेत्र आसपासका बस्तीमा डोजर चलाएको छ । यो क्रमले शनिबार पनि निरन्तरता पाइरहेको छ ।

Read More

बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण नेपालको पर्यटकीय सिजनमा प्रत्यक्ष प्रभाव परेको बताएका छन् ।विदेशी पर्यटकहरूले पूर्वबुकिङ गरेका हवाई टिकटहरू समेत धमाधम रद्द भइरहेकाले पर्यटन तथा हवाई सेवा क्षेत्रलाई थप चुनौतीपूर्ण बनाएको बताए ।यसैगरी बुद्ध एयरले आज जारी गरेको प्रेस विज्ञप्तिमा हालै हवाई इन्धन शुल्कमा भएको वृद्धि अप्रत्याशित मात्र नभई अहिलेसम्मकै उच्च रहेको जनाएको छ ।स्वचालित रूपमा भएको इन्धन मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव हवाई भाडादरमा परेको विज्ञप्तिमा उल्लेख छ । साथै, वर्तमान अवस्थामा गरिएको भाडा समायोजन प्रचलित नियमअनुसारकै भएको कम्पनीले स्पष्ट पारेको छ ।यस्तो प्रतिकूल परिस्थितिमा पनि अत्यन्तै संयमता अपनाउँदै न्यूनतम स्तरमै भाडादर वृद्धि गर्नुबाहेक…

Read More

असिना पानी र हावाहुरीका कारण रौतहटको बौधीमाई नगरपालिकामा हिउँदे बालीमा व्यापक क्षति पुगेपछि नगरपालिकाले राहतका लागि पहल सुरु गरेको छ । बेमौसमी प्राकृतिक विपत्तिले किसानको बालीमा क्षति पुगेपछि नगर प्रमुख प्रदीप यादवको नेतृत्वमा टोलीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिनेश सागर भुसाललाई बुझाइएको ज्ञापनपत्रमा यस घटनालाई गम्भीर प्राकृतिक विपत्तिको रूपमा लिँदै संघीय र प्रदेश सरकारसँग तत्काल राहत तथा उचित क्षतिपूर्तिको माग गरिएको छ । ज्ञापनपत्र वाचन गर्दै नगर प्रमुख यादवले नगरपालिकाका सबै वडाहरूमा लगाइएको गहुँ, मकै, तोरी, मुसुरो, तरकारीका साथै आँप, केरा र लिची जस्ता फलफूल खेतीमा ठुलो नोक्सानी भएको…

Read More

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउन सबै मन्त्रालय, आयोग र सरकारी कार्यालयलाई कडाइका साथ निर्देशन दिएको छ । मुख्यसचिव सुमनराज अर्यालद्वारा जारी पत्रमा अन्तर्राष्ट्रिय प्रतिवेदनहरूमा नेपालको भ्रष्टाचार अवस्था निराशाजनक देखिएको उल्लेख गर्दै त्यसको समूल अन्त्य गरी सुशासन कायम गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको जनाइएको छ। पत्रमा भनिएको छ, ‘देशमा भ्रष्टाचारको समूल अन्त्य र सुशासन कायम गर्नुपर्ने मूलभूत माग राखी गत २०८२ भाद्र २३ र २४ गते जेन–जी युवाहरूको अगुवाइमा जनआन्दोलन भएको र सोही पृष्ठभूमिमा २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई हालै गठन भएको सरकारले सार्वजनिक निकायहरूमा हुने नीतिगत, संस्थागत, प्रक्रियागत लगायत सबै किसिमका…

Read More

लामो समयदेखि प्रतीक्षामा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन, व्यवस्थापन र मर्मतसम्भारका लागि ठेकेदार कम्पनी छनोट भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले चिनियाँ र नेपाली कम्पनीको संयुक्त उपक्रम र युसिन–एआरटीलाई यसको जिम्मेवारी दिने निर्णय गरेको हो । आयोजनाले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै चिनियाँ कम्पनी चोङकिङ युसिन रोड एन्ड ब्रिज डेभलपमेन्ट र नेपाली कम्पनी ‘एआरटी कन्स्ट्रक्सन’ को जेभीलाई छनोट गरिएको जनाएको छ । यो कम्पनीले २.६५ किलोमिटर लामो सुरुङमार्गको आगामी ५ वर्षसम्म सञ्चालन र मर्मतसम्भार गर्नेछ । युसिन–एआरटी जेभीले भ्याट र प्रोभिजलनल सहित कुल १ अर्ब १० करोड ४० लाख ३७ हजार ८ सय रुपैयाँमा ठेक्का पाएको हो । यो…

Read More

चैत ६ र ७ गते (शुक्रबार र शनिबार) परेको अविरल वर्षा र हावाहुरीका कारण रौतहटका इट्टा उद्योगहरूमा ठुलो क्षति पुगेको छ । खुला स्थानमा सुकाउन राखिएका काँचो इट्टाहरू वर्षाले भिजेर नष्ट हुँदा जिल्लाभर करिब ४ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ । रौतहट इट्टा उद्योग व्यवसायी संघका अध्यक्ष एवं एसपिएल इट्टा उद्योगका सञ्चालक रामबिनोद साहका अनुसार जिल्लामा सञ्चालित करिब ५० वटा इट्टा उद्योगहरूमा सबैभन्दा बढी क्षति पुगेको छ । संकलित तथ्यांकअनुसार विभिन्न स्थानका उद्योगहरूमा गरी १० लाख भन्दा बढी काँचो इट्टा पूर्ण रूपमा नष्ट भएका छन् । वृन्दावन नगरपालिका–२ स्थित राधाकृष्ण इट्टा उद्योगमा मात्रै ५५ लाख भन्दा…

Read More

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा ६ हजार ५ सय रुपैयाले घटेर २ लाख ७५ हजार ५ सय रुपैयँमा कारोबार भएको छ । आइतबार सुनको मूल्य २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ४ सय २५ रुपैयमा कारोबार भएको छ । आइबार चाँदीको मूल्य ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।

Read More

गैर आवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा रहेका नेपालीहरूको सीप, पुँजी र प्रविधिलाई नेपालको विकासमा मूल प्रवाहीकरण गर्ने उद्देश्यसहित तीन वटा महत्वकांक्षी परियोजना प्रस्ताव गरेको छ । संघका वरिष्ठ उपाध्यक्ष तथा ‘ट्रेड एन्ड इन्भेस्टमेन्ट’ विभागका प्रमुख रोविन शेरचनले नेपालको स्वास्थ्य, शिक्षा र यातायात क्षेत्रमा दूरगामी प्रभाव पार्ने किसिमका तीन वटा परियोजना प्रस्ताव गरिएको जानकारी दिए । एनआरएनएको १२औँ एकताको महाधिवेशन लगत्तै तीन दिनसम्म बसेको बैठकले परियोजना अघि बढाउन स्वीकृति प्रदान गरेको शेरचनले बताए । बैठकले दिएको म्यान्डेटअनुसार उनी मातहतकै विभागबाट परियोजनालाई मूर्तरूप दिन प्रक्रिया अघि बढाइनेछ । एनआरएनए हस्पिटल र केयर होमवरिष्ठ उपाध्यक्ष शेरचनका अनुसार संघले अघि सारेको पहिलो र सबैभन्दा…

Read More

धितोपत्र बजारमा साताको पहिलो कारोबार दिन आइतबार उछाल देखिएको छ । पछिल्ला केही दिनदेखि लगातार बढिरहेको नेप्से परिसूचकले आज पनि सोही लयलाई पछ्याउँदै करिब ७ महिनायताकै उच्च विन्दु चुमेको हो । नेप्से परिसूचक आइतबार ५४.५१ अंकले वृद्धि भई २९३१.५५ को विन्दुमा पुगेर रोकिएको छ । यसअघि गत साउन १४ गते नेप्से २९५४.१४ को विन्दुमा पुगेको थियो, जसलाई पछ्याउँदै आज बजारले नयाँ उचाइ तय गरेको हो । नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ११.११ अंकले बढेको छ । बजारमा परिसूचक मात्र नभई कारोबार रकमले पनि नयाँ उत्साह थपेको छ । आइतबार ३६४ कम्पनीका ६ करोड १४ लाख ७ हजार कित्ता सेयर २ लाख…

Read More