गुगलले आफ्नो नेभिगेसन सेवा गुगल म्यापमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित नयाँ सुविधाहरू सार्वजनिक गरेको छ । एक दशकभन्दा बढी समयपछि गरिएको यो ठूलो अपडेटले नेभिगेसन र यात्रा योजना अझ सहज, संवादात्मक र यथार्थपरक बनाउने कम्पनीको लक्ष्य रहेको छ । यो अपडेटको केन्द्रमा ‘आस्क म्याप’ नामक नयाँ सुविधा रहेको छ, जसलाई गुगलको नवीनतम जेमिनाइ एआई मोडेलले सञ्चालन गर्छ । यस सुविधामार्फत प्रयोगकर्ताले म्याप एपभित्रै प्राकृतिक भाषामा जटिल प्रश्न सोधेर स्थान, यात्रा योजना वा मार्गसम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् । यो सुविधा हाल अमेरिका र भारतमा एन्ड्रोइड तथा आईओएस उपकरणमा सुरु गरिएको छ । गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पछाईले सामाजिक सञ्जाल…
Author: अर्थ उद्यमी मिडिया
काठमाडौं महानगरपालिकाले खाना पकाउने एलपी ग्यास र सवारी साधनका लागि इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि निगरानी बढाएको छ । महानगरले ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अव ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोमा तेल मौज्दात हुँदाहुँदै छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि निगरानी संयन्त्र सक्रिय बनाएको हो । प्रशासन विभागका प्रमुख महेश काफ्ले ग्यास छैन भन्ने गलत सूचना प्रवाह गरेर मूल्य र सर्वसाधारणको जनजीवनमा असहज परिस्थिति सिर्जना गनेमाथि कारबाही गर्ने बताएका छन् । उनले भने, ‘ग्यास छैन भन्ने गलत सूचना प्रवाह गरेर मूल्य र सर्वसाधारणको जनजीवनमा असहज परिस्थिति सिर्जना गनेमाथि कारबाही गनेछौँ ।…
वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले प्रकाशित गरेका सूचनाअनुसार, अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको देखिएको छ । फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ४.५६ प्रतिशतविन्दु रहेकोमा चैत महिनामा ४.४९ प्रतिशतविन्दुमा झरेको छ । यस प्रकारको निक्षेपमा औषत ब्याजदर ०.०७ प्रतिशतविन्दुले घटेको हो । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ बैंकले ब्याजदर घटाउँदा औषत दरमा गिरावट आएको हो। बाँकी १४ बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर फागुन महिनाकै दरमा कायम राखेका छन् । संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर पनि ०.०३ प्रतिशतविन्दुले घटेको छ । चैत महिनाका लागि सबैभन्दा बढी…
पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो ।कम्पनीले गत फागुन १२ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो ।सो निष्काशनमा कुल २४ लाख १३ हजार ५१७ जनाले २ करोड ६३ लाख १० हजार ९७० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये २३ लाख ७६ हजार ७०५ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन् ।कुल ४ लाख ५० हजार आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।
नेपाल आयल निगम लिमिटेडले खाना पकाउने ग्यास (एलपी ग्यास)को आपूर्ति व्यवस्थापन गर्न सिलिण्डर आधा भरेर बिक्री गर्ने निर्णय गरेको छ ।निगमले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै हालको परिस्थितिलाई मध्यनजर गर्दै आजदेखि अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ केजी एलपी ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य ९५५ रुपैयाँमा बिक्री वितरण गरिने जनाएको छ ।‘हालको परिस्थितिलाई दृष्टिगत गरी एल। पि। ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागी निगमले मिति २०८२ र ११ र २९ गतेदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ के.जि.एल.पि. ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य रु…
मध्यपूर्वको बढ्दो भू–राजनीतिक तनावका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढेसँगै सोमबार एसियाली शेयर बजारमा भारी गिरावट आएको छ । जापान र दक्षिण कोरियाका प्रमुख शेयर सूचकांक यतिबेला करिब ७ प्रतिशतसम्म घटेका छन् । सोमबार बजार खुल्नेबित्तिकै कच्चा तेलको मूल्य २५ प्रतिशतभन्दा बढीले बढेपछि विश्व बजारमा लगानीकर्ताहरू सतर्क बनेका हुन् । यो रिपोर्ट तयार पार्दासम्म कच्चा तेलको मूल्य प्रतिव्यारेल करिब ११५ अमेरिकी डलरमा कारोबार भइरहेको थियो, जसले मुद्रास्फीति र आपूर्ति अवरोधको चिन्ता बढाएको छ । एसियाली प्रमुख सूचकांकमध्ये जापानको शेयर बजार (निक्केई २२५) करिब ७ प्रतिशतले घटेर ५२,०१० अंकमा झरेको छ । त्यसैगरी दक्षिण कोरियाको कोस्पी सूचकांक पनि ७.४३ प्रतिशतले…
नेपाली बजारमा आज (सोमबार)सुनको मूल्य ३ हजार ७ सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १३ हजार २०० रुंपैयाँमा कारोबार भइरहेको छ ।आइतबार सुनको मूल्य ३ लाख १६ हजार ९ सय रुंपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको हो ।आज चाँदी मूल्य तोलामा ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिनिधिसभा निर्वाचन–२०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुईतिहाइ बहुमत ल्याएपछि शेयर बजारमा अभूतपूर्व उत्साह देखिएको छ । स्थिर सरकार बन्ने र नीतिगत स्थिरता आउने अपेक्षासहित लगानीकर्ताले आक्रामक रूपमा शेयर किन्न थालेपछि सोमबार खुलेको बजारमा लगातार तीन सर्किट लागेको हो । बजार खुलेको एक मिनेटमै नेप्से ४ प्रतिशतले बढ्दै पहिलो सर्किट लाग्यो र २० मिनेटका लागि कारोबार स्थगित गरियो । त्यसपछि खुलेको बजारमा फेरि एक मिनेटमै नेप्से ५ प्रतिशत पुगेपछि दोस्रो सर्किट लाग्दै ४० मिनेटका लागि कारोबार रोकियो । पुनः खुलेको बजारमा अर्को एक मिनेटमै थप १ प्रतिशत बढेर कुल ६ प्रतिशत पुगेपछि तेस्रो सर्किट लाग्दै आजका लागि कारोबार…
नेपाली बजारमा सोमबार सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको हो । आज चाँदी मूल्य तोलामा ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मत खसाल्न काठमाडौं उपत्यका छाड्नेक्रम बढेको छ । यातायात व्यवसायी तथा ट्राफिक प्रहरी दुवैका अनुसार, चुनावका लागि ठूलो संख्यामा मतदाताहरु बाहिरिसकेका छन् भने वाहिरिनेक्रम जारी छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार निर्वाचनको समयमा उपत्यकाबाट मानिसहरू बाहिरिने क्रम विगतको निर्वाचनभन्दा उल्लेखनीय रूपमा बढेको छ । होली पर्वसँगै चार–पाँच दिनको सार्वजनिक विदा पनि परेकाले यो संख्यामा थप वृद्धिको अपेक्षा गरिएको उनले बताए । बुधबार बिहान १२ बजेसम्म ९ लाख मानिस बाहिरिने महासंघको अनुमान छ । उनले भने, ‘टिकटहरू धेरै नै बुकिङ भएका छन् । ९ गतेदेखि निर्वाचनका लागि जाने…

