नेपाली बजारमा सोमबार सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको हो । आज चाँदी मूल्य तोलामा ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।
Author: अर्थ उद्यमी मिडिया
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मत खसाल्न काठमाडौं उपत्यका छाड्नेक्रम बढेको छ । यातायात व्यवसायी तथा ट्राफिक प्रहरी दुवैका अनुसार, चुनावका लागि ठूलो संख्यामा मतदाताहरु बाहिरिसकेका छन् भने वाहिरिनेक्रम जारी छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार निर्वाचनको समयमा उपत्यकाबाट मानिसहरू बाहिरिने क्रम विगतको निर्वाचनभन्दा उल्लेखनीय रूपमा बढेको छ । होली पर्वसँगै चार–पाँच दिनको सार्वजनिक विदा पनि परेकाले यो संख्यामा थप वृद्धिको अपेक्षा गरिएको उनले बताए । बुधबार बिहान १२ बजेसम्म ९ लाख मानिस बाहिरिने महासंघको अनुमान छ । उनले भने, ‘टिकटहरू धेरै नै बुकिङ भएका छन् । ९ गतेदेखि निर्वाचनका लागि जाने…
इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत देखिएको छ । इरानसँग प्रत्यक्ष व्यापार न्यून भए पनि रोजगारीका लागि खाडी मुलुकमा रहेका नेपाली र इन्धनका लागि भारतमार्फत हुने आपूर्तिमा अत्यधिक निर्भरता नेपालका लागि मुख्य जोखिम बनेको छ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब २५–३० प्रतिशत हिस्सा रेमिट्यान्सले ओगटेको छ । झण्डै १५ लाख नेपाली कतार, साउदी अरेबिया, यूएई र कुवेतलगायत खाडी देशमा कार्यरत छन् । हाल ति दुई देश बिचको युद्ध ती देशहरूमा फैलिएको अवस्था छ । त्यसकारण, मासिक करिब २०० अर्ब रुपैयाँभन्दा बढीको…
काठमाडौं । युवालाई स्वरोजगार र स्थायी आम्दानीको अवसर सिर्जना गर्ने लक्ष्यसहित आरवाईडी नेपालले आफ्नो सेवा विस्तारलाई तीव्रता दिएको छ । कम्पनीले सवारी साधन सेवामा संलग्न राइडरहरूको आय बढाउने र सुरक्षित सेवा सुनिश्चित गर्ने उद्देश्यले काठमाडौंको कपन क्षेत्रमा अत्याधुनिक वर्कसप सञ्चालन गर्ने तयारी गरेको समेत जनाएको छ । कम्पनीका अध्यक्ष अभिषेक खत्तिवडाका अनुसार, राइडरलाई कमाइमा केन्द्रित बनाउने लक्ष्यसहित कम्पनीले पूर्वाधार विस्तार, सेवा सुधार तथा सहयोग कार्यक्रमहरू अघि बढाइरहेको छ । उनले आगामी दिनमा राइडर मात्र नभई अन्य ग्राहकलाई समेत लक्षित गरी सेवा विस्तार गरिने बताए । सुरुवातमा ५० वटा बाइकबाट सेवा सुरु गरेको कम्पनीले अहिले आफ्ना सवारी साधन १ सय पु¥याएको…
हिमाली मौसम अनुकूल बन्दै जाँदा मुस्ताङको पर्यटन क्षेत्र पुनः चलायमान बन्न थालेको छ । विशेषगरी प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा तीर्थयात्री र घुम्न आउने पर्यटकको सङख्या बढ्न थालेपछि समग्र हिमाली पर्यटनले नयाँ गति लिन थालेको हो । मुक्तिनाथ विकास समितिका अनुसार हाल दैनिक चार हजारदेखि पाँच हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक मन्दिर पुगिरहेका छन् । पुस–माघको चिसोका कारण सुस्ताएको आगमन फागुन लागेसँगै पुनः बढेको छ, जसले धार्मिक पर्यटनको सिजन सुरु भएको संकेत दिएको छ । मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बी दुवैका लागि पवित्र तीर्थ हो । तर यहाँ आउने पर्यटक केवल दर्शनमै सीमित छैनन् । हिमालको काखमा रहेको शान्त वातावरण, १०८ धारा,…
नेपालको रङ बजारमा अग्रणी स्थान ओगटेको एशियन पेन्ट्स (नेपाल) प्राइभेट लिमिटेडको सञ्चालन आम्दानीमा सन् २०२५ मा उल्लेखनीय सुधार देखिएको छ । अघिल्लो वर्ष (सन् २०२४) आर्थिक मन्दीका कारण व्यवसायमा भारी गिरावट व्यहोरेको कम्पनीले यस वर्ष २६ प्रतिशतभन्दा बढीको वृद्धिदर हासिल गर्दै पुनरागमन गरेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले हालै सार्वजनिक गरेको विवरण अनुसार, सन् २०२५ मा कम्पनीले ५ अर्ब ८९ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी सन् २०२४ को तुलनामा १ अर्ब २२ करोड ४० लाख रुपैयाँले बढी हो । सन् २०२४ मा कम्पनीको आम्दानी खुम्चिएर ४ अर्ब ६७ करोड ४० लाख रुपैयाँमा सीमित…
नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ हजार २ सय रुपैयाँले बढेर ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १७० रुपैयाँले बढेर ५ हजार ५९५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ५ हजार ४ सय २५ रुपैयाँमा कारोवार भएको थियो।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशमाथि लगाइएको १० प्रतिशत विश्वव्यापी ट्यारिफ बढाएर १५ प्रतिशत पु¥याउने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल टूथ सोसलमार्फत यस्तो जानकारी दिएका हुन् । ट्रम्पले अमेरिकी सर्वोच्च अदालतले हालै दिएको निर्णयको समीक्षा गरेपछि आफूले १० प्रतिशत ट्यारिफलाई “कानूनी रूपमा अनुमति प्राप्त र परीक्षण भइसकेको” १५ प्रतिशत तहमा पु¥याउने निर्णय गरेको बताएका छन् । उनका अनुसार आगामी केही महिनाभित्र ट्रम्प प्रशासनले नयाँ र कानूनी रूपमा मान्य ट्यारिफ दर निर्धारण गरी लागू गर्नेछ । यसअघि अमेरिकी सर्वोच्च अदालतले ६–३ को बहुमतमा ट्रम्प प्रशासनले सन् १९७७ को इन्टरनेशनल इमर्जेन्सी इकोनोमिक पावर्स एक्ट प्रयोग गरी व्यापक…
चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा नेपालमा कच्चा खाद्य तेल आयात र प्रशोधित तेल निर्यात दुवै उल्लेख्य रूपमा बढेको देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा ९३ अर्ब ७५ करोड ४६ लाख रुपैयाँ बराबरको कच्चा खाद्य तेल आयात भएको छ भने ७८ अर्ब १९ करोड ६१ लाख रुपैयाँको प्रशोधित खाद्य तेल निर्यात भएको छ । कुल आयातमध्ये सबैभन्दा ठूलो हिस्सा कच्चा भटमास (सोयाबिन) तेलको रहेको छ । सात महिनामा ७० अर्ब ९९ करोड रुपैयाँ बराबरको ४४ करोड ८३ लाख ८७ हजार ४ सय ९४ लिटर कच्चा भटमास तेल आयात भएको छ । त्यस्तै, ६६ अर्ब ७८ करोड ८७ लाख…
साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोवार भैइरहेको छ । शुक्रबार सुन ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३७५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ४ सय २५ रुपैयाँमा कारोवार भैइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा किनबेच भएको थियो ।


