काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशमाथि लगाइएको १० प्रतिशत विश्वव्यापी ट्यारिफ बढाएर १५ प्रतिशत पु¥याउने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल टूथ सोसलमार्फत यस्तो जानकारी दिएका हुन् । ट्रम्पले अमेरिकी सर्वोच्च अदालतले हालै दिएको निर्णयको समीक्षा गरेपछि आफूले १० प्रतिशत ट्यारिफलाई “कानूनी रूपमा अनुमति प्राप्त र परीक्षण भइसकेको” १५ प्रतिशत तहमा पु¥याउने निर्णय गरेको बताएका छन् । उनका अनुसार आगामी केही महिनाभित्र ट्रम्प प्रशासनले नयाँ र कानूनी रूपमा मान्य ट्यारिफ दर निर्धारण गरी लागू गर्नेछ । यसअघि अमेरिकी सर्वोच्च अदालतले ६–३ को बहुमतमा ट्रम्प प्रशासनले सन् १९७७ को इन्टरनेशनल इमर्जेन्सी इकोनोमिक पावर्स एक्ट प्रयोग गरी व्यापक…
Author: अर्थ उद्यमी मिडिया
चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा नेपालमा कच्चा खाद्य तेल आयात र प्रशोधित तेल निर्यात दुवै उल्लेख्य रूपमा बढेको देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा ९३ अर्ब ७५ करोड ४६ लाख रुपैयाँ बराबरको कच्चा खाद्य तेल आयात भएको छ भने ७८ अर्ब १९ करोड ६१ लाख रुपैयाँको प्रशोधित खाद्य तेल निर्यात भएको छ । कुल आयातमध्ये सबैभन्दा ठूलो हिस्सा कच्चा भटमास (सोयाबिन) तेलको रहेको छ । सात महिनामा ७० अर्ब ९९ करोड रुपैयाँ बराबरको ४४ करोड ८३ लाख ८७ हजार ४ सय ९४ लिटर कच्चा भटमास तेल आयात भएको छ । त्यस्तै, ६६ अर्ब ७८ करोड ८७ लाख…
साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोवार भैइरहेको छ । शुक्रबार सुन ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३७५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ४ सय २५ रुपैयाँमा कारोवार भैइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा किनबेच भएको थियो ।
उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री अनिल कुमार सिन्हाले पेट्रोलमा १० प्रतिशत मात्र इथानोल मिसाउँदा पनि वार्षिक करिब १३ करोड लिटर पेट्राेल आयात घटाउन सकिने बताएका छन् । नेपालमा इथानोल मिश्रण नीति: अवसर चुनौती र कार्यान्वयन रणनीतिबारे आइतबार काठमाडौंमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले यस्तो बताएका हुन् । उनले वार्षिक करिब १३ करोड लिटर पेट्रोलको आयात घटाउन सक्दा ६ अर्ब रुपैयाँ बरबारको विदेशी मुद्राको बचत हुने दाबी गरे । ‘पेट्रोलमा १० प्रतिशत मात्र इथानोल मिश्रणगर्दा वार्षिक करिब १३ करोड लिटर प्रटोलको आयात घटाउन सकिने रहेछ । यसबाट ६ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्राको बचत हुन्छ,’ उनले भने, ‘यसले गर्दा नेपालमा…
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको ‘दोस्रो इन्डो–नेपाल व्यापार महोत्सव २०२६’ लाई शुक्रबार सम्बोधन गर्दै उनले दुई देशबीचको व्यापार र लगानी सहकार्यलाई व्यवहारिक उपलब्धिमा रूपान्तरण गर्न आग्रह गरेका हुन् । अध्यक्ष ढकालले नेपाल–भारतबीच सहज भन्सार प्रक्रिया, मापदण्ड समन्वय, डिजिटल व्यापार प्रणाली सुदृढीकरण तथा साना–मझौला उद्योगलाई वित्तीय पहुँच र प्रविधि हस्तान्तरणमा सहजीकरण आवश्यक रहेको बताए । उनले भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार र प्रमुख लगानी स्रोत रहेको उल्लेख गर्दै खुला सीमा, सांस्कृतिक निकटता र जनस्तरको सम्बन्धले दुई देशबीचको साझेदारीलाई विशिष्ट बनाएको धारणा राखे…
महाशिवरात्री नजिकिएसँगै भारतसँगै नेपालका विभिन्न ठाउँबाट भक्तजन एवम नागा बाबाहरु काठमाडौँ आउन थालेका छन् । पशुपतिनाथ मन्दिर परिसरका आवतजावत गर्ने भक्तजनहरुको संख्या समेत वृद्धि भएको छ ।
रौतहट । गौरस्थित करदाता सेवा कार्यालय खारेज गरी त्यहाँका महत्वपूर्ण कागजात र फर्निचरका सामानहरू आन्तरिक राजस्व कार्यालय सिमरा (बारा) लैजान खोजिएपछि शुक्रबार गौरमा तनाव उत्पन्न भएको छ । ट्रकमा सामान लोड गरी लैजान खोज्दा स्थानीय उद्योगी, व्यापारी र राजनीतिक दलका प्रतिनिधिहरूले कडा अवरोध गरेपछि स्थिति तनावपूर्ण बनेको हो । शुक्रबार दिउँसो सुरक्षाकर्मीहरूको बाक्लो उपस्थितिमा कार्यालयका सामानहरू ट्रकमा लोड गरी सिमरा लैजान खोजिएको थियो ।तर, जानकारी पाएलगत्तै पुगेका उद्योग वाणिज्य संघका पदाधिकारी र स्थानीयले सामान लैजान रोकेका थिए । अवरोधपछि सामानहरू पुनः कार्यालयमै फर्काइएको छ । कार्यालय हटाउन लागेको विरोधमा आक्रोशित व्यापारीहरूले गौर बजार पूर्ण रूपमा बन्द गराएका छन् । प्रदर्शनकारीहरूले…
कानुनमन्त्री अनिलकुमार सिन्हाले महिलालाई रोजगारीको अवसर दिने मात्र नभई रोजगारदाता र नेतृत्वकर्ता बनाउनु अपरिहार्य रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित आइएमई लाइफ न्यूबिज बिजनेस वुमन समिट एण्ड अवार्ड –२०२६ लाई सम्बोधन गर्दै उनले महिला उद्यमशिलता अर्थतन्त्र विस्तारको साधन मात्र नभई ,सामाजिक रुपान्तरणको बलियो आधार पनि भएको बताए । उनले भने,‘महिलालाई रोजगारीको अवसर दिने मात्र होइन्,रोजगारदाता र नेतृत्वकर्ता बनाउनु आजको आवश्यकता र अपरिहार्यता भइसकेको छ । महिला उद्यमशिलता अर्थतन्त्र विस्तारको साधन मात्र होइन सामाजिक रुपान्तरणको बलियो आधार पनि हो ।’ मन्त्री सिन्हाले अबको आर्थिक समृद्धि नारामा मात्र सिमित नराखी रोजगारी सृजना उद्यमशिलता विकास मार्फत हुनुपर्नेमा जोड दिए । समावेशी आर्थिक…
सर्लाहीमा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई थप मजबुत बनाइने भएको छ । यही फागुन २१ गते तय भएको निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष ढंगले सम्पन्न गर्न फागुन १५ गतेदेखि २२ गतेसम्म विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइने निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आज बसेको सुरक्षा अधिकारी तथा राजनीतिक दलहरूको संयुक्त बैठकले उक्त अवधिमा विदेशी नम्बर प्लेट भएका दुई पांग्रे र चार पांग्रे सबै प्रकारका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको जनाएको छ । निर्णयअनुसार सो समयसीमाभित्र विदेशी नम्बर प्लेटका सवारी साधन चलाएको पाइएमा सुरक्षाकर्मीले नियन्त्रणमा लिनेछन् । प्रशासनका अनुसार निर्वाचनको संवेदनशीलतालाई दृष्टिगत गर्दै…
नेपाल अरनिको यातायात सेवा प्रालिले काठमाडौं खुर्कोट हुँदै रामेछापको मन्थलीको रुट प्रयोग गरी सञ्चालन हुने आफ्ना सम्पूर्ण क्यूका बस सेवाहरू अनिश्चितकालका लागि स्थगित गरेको जनाएको छ । सुरक्षा जोखिमको कारण देखाउँदै नेपाल अरनिको यातायातले काठमाडौंबाट सो रुटमा चल्ने बसको सेवा अनिश्चितकालका लागि स्थगित गरेको जनाएको छ । कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै रामेछाप मन्थली नगरपालिका–६ मसानटारमा भएको दुर्घटनाका कारणले अर्को सूचना नआएसम्मको लागि हाललाई क्यूहरु स्थगित गरिएको जनाएको छ । गत मंगलबार रामेछापको मन्थलीमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने सात जना यात्रु घाइते भएका थिए । सो दुर्घटनामा तीन जना हराइरहेका छन् । पीडित पक्षसँग…

