५६ हजार ५० स्वास्थ्यकर्मी अपुग
५६ हजार ५० स्वास्थ्यकर्मी अपुग नेपालको स्वास्थ्य सेवातर्फ डाक्टर र नर्स लगायतका ५६ हजार ५० स्वास्थ्यकर्मी अपुग रहेको पाइएको छ। हालै चिकित्सा शिक्षा आयोगले गरेको अध्ययनले नेपालको जनसंख्याको अनुपातमा हाल ५६ हजार ५० जना चिकित्सक नर्ससहितका विभिन्न क्षेत्रका स्वास्थ्यकर्मीको कमी देखाएको हो। नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउने सरकारी संस्था चिकित्सा शिक्षा आयोगले ‘नेपाल स्वास्थ्य जनशक्ति प्रक्षेपण (२०७९-२०८७)’ नाम दिई गरेको अध्ययनले नेपालको सरकारी निजी तथा सामुदायिक विभिन्न तहमा डाक्टर नर्ससहितका ५६ हजार ५० स्वास्थ्यकर्मी कमी रहेको देखाएको हो। आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीका अनुसार आयोग स्थापना भएपछि पहिलोपटक नेपालमा विशिष्टीकृत अस्पतालदेखि आधारभूत र निजी अस्पतालसम्म आवश्यक जनशक्तिको अध्ययन गरेको र…