वाणिज्य बैंकहरुकाे नाफा ४७ अर्ब रुपैयाँभन्दा बढी

वाणिज्य बैंकहरुकाे नाफा ४७ अर्ब रुपैयाँभन्दा बढी चालू आर्थिक वर्षको दश महिनामा वाणिज्य बैंकहरुले ४७ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । नेपालमा सञ्चालित २० वटा वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा गत सोही अवधिको तुलनामा १.६७ प्रतिशत कम हो । गत आवको सोही अवधिमा बैंकहरुले ४८ अर्ब ६० करोड ६८ लाख रुपैयाँ नाफा कमाएका थिए । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी नबिल बैंकले खुद नाफा आर्जन गरेको छ । नबिल बैंकले ५ अर्ब ६० करोड कमाएको छ । सबैभन्दा…

राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूको हेरफेर

राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूको हेरफेर नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूको हेरफेर गरिएको छ । गभर्नर विश्व पौडेलले दुई कार्यकारी निर्देशकको सरुवा र एक जनाको पदस्थापन गरेको राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले जानकारी दिए । केही दिनअघि मात्रै निर्देशकबाट कार्यकारी निर्देशकमा बढुवा भएका दीर्घ रावललाई बैङ्क तथा वित्तीय संस्था सुपरिवेक्षण विभाग प्रमुख बनाइएको छ । यसअघि बैङ्क सुपरिवेक्षणका कार्यकारी निर्देशक रामु पौडेल र मुद्रा व्यवस्थापन विभागमा पठाइएको छ । त्यस्तै, मद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक प्रदीपराज पौड्याललाई सूचना प्रविधि विभागमा सरुवा गरिएको छ । यसअघि उक्त विभागमा तुल्सी नेपालले अनिवार्य अवकाश पाएका थिए । यस अनुसार तीन जनाको…

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढीमा बृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढीमा बृक्षरोपण ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षरोपण गरेको छ ।बैंकले टोखा नगरपालिकाका विभिन्न विद्यालयहरुमा १००० वटा फलफुलको विरुवाहरु रोपेको हो । बृक्षरोपण कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, विद्यालयका प्रध्यानाध्यापक, विद्यालयका प्रतिनिधि, विद्यार्थी र स्थानीयको उपस्थिति रहेको थियो ।साथै, बैंकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडाहरुमा १५०० वटा बाँसका बिरुवा रोपेको छ । बैंकले सञ्चालन गरेको बृक्षरोपण कार्यक्रममा खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख, नेपाली आर्मी र नेपाल प्रहरीका जिल्ला…

एभरेष्ट बैंक लिमिटेडको सिन्धुलीमा शाखा विस्तार

एभरेष्ट बैंक लिमिटेडको सिन्धुलीमा शाखा विस्तार एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा बागमती प्रदेशको सिन्धुलीकोकमलामाई नगरपालिका ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ ।बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ । शाखाको विस्तार सँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले जनाएको छ ।कमलामाई नगरपालिकाका मेयर श्री उपेन्द्र कुमार पोखरेलज्यू र बैंकका संचालक समितिका अध्यक्ष डा। बालगोपाल वैद्यज्यू ले उद्धघाटित सो समारोहमा कमलामाई नगरपालिका ६ का वडाध्यक्ष श्री उज्वल कुमार थापा सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष श्री देव नारायण श्रेष्ठ प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुबेदी बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिब तथा…

१ हजार ५ सयको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय

१ हजार ५ सयको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय पदभार ग्रहणपछि गभर्नर विश्वनाथ पौडेलले पहिलो निर्णयका रुपमा १ हजार र पाँच सय र नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर गरे । गभर्नर विश्वनाथ पौडेलले पदभार ग्रहण गरे। उनले नयाँ नोट छपाइ गर्ने निर्ण गर्दै मौद्रिक नीति र वित्त नीति अलग रहेको बताए। गुणाकर भट्टको राजीनामा आन्तरिक विषय भएको उनले बताए। नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा १ हजारका र पाँच सय र नयाँ नोट छपाई गर्ने निर्णयमा उनले हस्ताक्षर गरे । पदभार ग्रहणपछि उनले मौद्रिक नीति…

विश्वनाथ पौडेल गभर्नर नियुक्त

विश्वनाथ पौडेल गभर्नर नियुक्त सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्री परिषद बैठकले पौडेललाई अठारौं गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि बसेको सिफारिस समितिको बैठकले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको समितिले मन्त्रिपरिषदमा तीन जनाको नाम सिफारिस गरेको हो । जस अनुसार पहिलो नम्बरमा पौडेल, दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना र तेस्रो नम्बरमा पूर्वसचिव दिनेश भट्टराई थिए । पौडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । त्यस्तै, ढुंगाना राष्ट्र बैंककै कामु गभर्नर हुन् । भट्टराई पूर्व सचिव हुन् ।…

राष्ट्र बैंकले ३ अर्ब ८४ करोड मुद्दती निक्षेपमा लगानी गर्ने

राष्ट्र बैंकले ३ अर्ब ८४ करोड मुद्दती निक्षेपमा लगानी गर्ने नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको ३ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो । केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो । बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ३ अर्ब ७ करोड ५२ लाख, ‘ख’ वर्गका बैंकले ५७ करोड ६५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १९ करोड २१ लाख बराबरको रकम मुद्दती…

अब कसरी अघि बढ्छ गभर्नर नियुक्ति प्रक्रिया ?

अब कसरी अघि बढ्छ गभर्नर नियुक्ति प्रक्रिया ? नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिका सदस्य पूर्व गभर्नर डा. विजयनाथ भट्टराईले राजीनामा दिएपछि अब नयाँ गभर्नर नियुक्तिको प्रक्रिया के हो भन्ने चासो बढेको छ । उनले १ महिनासम्म एउटा पनि बैठक बस्न नसकेको भन्दै राजीनामा दिएका हुन् । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डा. विजयनाथ भट्टराईले राजीनामा दिएको बताए । अब उनको ठाउँमा अर्को सदस्य नियुक्ति गरेर नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिले काम गर्ने उनले बताए । अर्थमन्त्री पौडेलले भने, ‘अब अर्को सदस्य समितिमा ल्याएर काम अगाडि बढ्ने छ । अर्को समिति बन्दैन । यही समितिमा एक जना…

सिद्धार्थ बैंकको बिद्यार्थीलाई वित्तीय शिक्षा

सिद्धार्थ बैंकको बिद्यार्थीलाई वित्तीय शिक्षा सिद्धार्थ बैंक लिमिटेडले बिद्यार्थीहरुलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रुपमा सचेत र सशक्त बनाउने उद्देश्यले २०२५ मार्च १७ देखि २३ गतेसम्म सप्ताहव्यापी रुपमा मनाइएको Global Money Week 2025 को अवसर पारी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।यस वर्षको ग्लोबल मनी विक २०२५ को नारा Think before you follow wise money tomorrow लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले देशका सातै प्रदेशमा विद्यालय एवं क्याम्पस गरी २४ स्थानहरुमा बिद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरिएको छ । बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराई बिद्यार्थीहरुमा वित्तिय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहारमा…

एनआईसी एशिया बैंकको अचम्मको सहयोग

एनआईसी एशिया बैंकको अचम्मको सहयोग एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेको पुस्तकालय भवनहरु मध्ये मधेश प्रदेशको पर्सा जिल्ला स्थित वीरगञ्ज महानगरपालिका–१४ मा रहेको श्री सिद्धार्थ माध्यमिक विद्यालयमा पुस्तकालय समुद्घाटन गरेको छ । विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरुउपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने प्रमुख उद्देश्यले बैंकको सहयोगमा सम्बन्धित विद्यालयसँगको सहभागितामा पुस्तकालय भवन निर्माण गरी उक्त विद्यालयलाई हस्तान्तरण गरिएको छ । उक्त पुस्तकालय समुद्घाटन समारोहमा उक्त विद्यालयका प्रधानाध्यापक बिनोद मेहताज्यू यस एन आई सी एशिया बैंक मधेश प्रदेश प्रमुख श्री अमीत केसीज्यू लगायत सम्बन्धित विद्यालय यस…