बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात सुरु

बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात सुरु पहिलाेपटक नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहरलाल र बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले भर्चुअल विधिमार्फत संयुक्त रुपमा स्वीच अन गरी विद्युत् निर्यातको शुभारम्भ गरे । नेपाल र भारतबीचमात्र विद्युत् व्यापार हुँदै आएकोमा अब नेपालको विद्युत् तेस्रो देशमा विस्तार भएको छ । नेपालमा उत्पादित विद्युत् भारतको प्रसारण संरचना हुँदै बङ्गलादेशसम्म पुगेको छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुग्नेछ । त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइनमार्फत…

भाेलिदेखि कतार एयरले पनि गाैतमबुद्ध विमानस्थलबाट उडान गर्ने

भाेलिदेखि कतार एयरले पनि गाैतमबुद्ध विमानस्थलबाट उडान गर्ने भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजले पनि उडान थाल्ने भएको छ। उसले मङ्गलवारबाट उडान थाल्न लागेकाे हो । कतार एयरले अहिले कतार–काठमाडौं दैनिक ३ वटा उडान गरिरहेको छ । मङ्गलवारबाट भने दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गर्नेछ । यो सँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनी ५ वटा पुगेका छन् । यसअघि नेपाल एयरलाइन्स, जजिरा, फ्लाइ दुबई र थाई एयर एशियाले उडान थालिसकेका छन्। नोभेम्बर १२ देखि ३० सम्म १९ वटा उडान गर्ने गरी अनुमति प्रदान गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कतार एयरवेजले हप्ताका सातै दिन दोहा–भैरहवा–काठमाडौं उडान गर्ने प्राधिकरणका सहप्रवक्ता…

प्रदेश र स्थानीय तह वित्तीय घाटामा : विश्व बैंक

प्रदेश र स्थानीय तह वित्तीय घाटामा : विश्व बैंक विश्व बैंकले आर्थिक वर्ष २०७३/७४ मा वित्तीय संघीयताको सुरूवात भएयता पहिलो पटक प्रदेश तथा स्थानीय तह वित्तीय घाटामा गुज्रिएकाे जनाएकाे छ । विश्व बैंकद्वारा सार्वजनिक नेपाल वित्तीय संघीयता अध्ययनको दोस्रो संस्करण (२०८१) ले नेपालको वित्तीय संघीयतामा भएका प्रगतिको विस्तृत समीक्षा गर्दै उक्त निष्कर्ष निकालेकाे हाे । प्रतिवेदनले नेपालमा वित्तीय संघीयताका प्रमुख सूचकको गहन विश्लेषण गरेको छ । ती सूचकमा राजस्व जिम्मेवारी तथा प्रशासन, खर्च जिम्मेवारी तथा प्रशासन, अन्तर–सरकारी वित्त हस्तान्तरण, ऋण तथा पूँजी लगानी र प्राकृतिक स्रोतबाट प्राप्त हुने वित्तीय राजस्व छन् । यस संस्करणले अन्तर–सरकारी वित्त हस्तान्तरण प्रणालीलाई स्तरोन्नति गर्न…

विश्व बैंककाे प्रक्षेपण- नेपालकाे आर्थिक वृद्धि ३‍.३ प्रतिशत

विश्व बैंककाे प्रक्षेपण- नेपालकाे आर्थिक वृद्धि ३‍.३ प्रतिशत विश्व बैंकले नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । सरकारले भने चालू आर्थिक वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । विश्व बैंकले अर्धवार्षिक रूपमा अद्यावधिक गर्ने ‘कन्ट्री डेलभपमेन्ट अपडेट’का अनुसार पर्यटन क्षेत्रको विकास र जलविद्युतको निर्यातमा भएको वृद्धिका कारण नेपालको अर्थतन्त्र चालू वर्ष ३.३ प्रतिशत रहने छ । विप्रेषण आप्रवाहमा देखिएको उल्लेख्य वृद्धिले निजी उपभोगसमेत बढ्ने उसकाे प्रक्षेपण छ । ‘सुधारको बाटोमा नेपालको अर्थतन्त्र, तर न्यून निजी लगानी’ शीर्षक दिएर तयार गरिएको पछिल्लो नेपाल डेभलपमेन्ट अपडेटले आर्थिक बर्ष २०२५ मा थप ४.६ प्रतिशतको वृद्धि हासिल गर्ने प्रक्षेपण…

भारतले लम्ब्यायाे प्याज निर्यात प्रतिबन्ध

भारतले लम्ब्यायाे प्याज निर्यात प्रतिबन्ध भारतले प्याजको निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएकाे छ । विश्वको सबैभन्दा धेरै तरकारी निर्यातक भारतले प्याज निर्यातमा गत डिसेम्बरमा लगाएको प्रतिबन्ध मार्च ३१ मा सकिँदै थियो । नेपाल, बंगलादेश, मलेसिया, संयुक्त अरब इमिरेट्सलगायत देश भारतीय प्याज बढी निर्यात हुने गरेकाे छ । यीमध्ये धेरै राष्ट्र प्रतिबन्धपछि उच्च मूल्यको चपेटामा परिरहेका छन् । निर्यात प्रतिबन्ध लागू भएदेखि भारतको स्थानीय बजारमा मूल्य आधाभन्दा बढीले घटेको छ तर अन्तर्राष्ट्रिय बजारमा भने मूल्य उच्च छ । भारतीय सरकारले अर्को सूचना नआएसम्म प्रतिबन्ध यथावत रहने जनाएको छ । सबैभन्दा धेरै प्याज उत्पादन गर्ने राज्य महाराष्ट्रका केही थोक बजारहरूमा डिसेम्बरमा…

सन् २०२४ को पहिलो महिनामै भित्रिए ७९ हजार पर्यटक

सन् २०२४ को पहिलो महिनामै भित्रिए ७९ हजार पर्यटक सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ८१ हजार आठ सय ९७ जना बाहिरिएका छन् । जनवरीमा सबैभन्दा बढी भारतीय पर्यटक २४ हजार एक सय ३९ जना नेपाल आएका छन् । गत वर्षको सोही अवधिमा १६ हजार चार सय ३६ भारतीय पर्यटक नेपाल आएका थिए । चिनियाँ पर्यटक सात हजार दुई सय ६७, अमेरिकी पर्यटक सात हजार ४७, थाइल्याण्डबाट चार हजार छ सय १९…

५६ हजार ५० स्वास्थ्यकर्मी अपुग

५६ हजार ५० स्वास्थ्यकर्मी अपुग नेपालको स्वास्थ्य सेवातर्फ डाक्टर र नर्स लगायतका ५६ हजार ५० स्वास्थ्यकर्मी अपुग रहेको पाइएको छ। हालै चिकित्सा शिक्षा आयोगले गरेको अध्ययनले नेपालको जनसंख्याको अनुपातमा हाल ५६ हजार ५० जना चिकित्सक नर्ससहितका विभिन्न क्षेत्रका स्वास्थ्यकर्मीको कमी देखाएको हो। नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउने सरकारी संस्था चिकित्सा शिक्षा आयोगले ‘नेपाल स्वास्थ्य जनशक्ति प्रक्षेपण (२०७९-२०८७)’ नाम दिई गरेको अध्ययनले नेपालको सरकारी निजी तथा सामुदायिक विभिन्न तहमा डाक्टर नर्ससहितका ५६ हजार ५० स्वास्थ्यकर्मी कमी रहेको देखाएको हो। आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीका अनुसार आयोग स्थापना भएपछि पहिलोपटक नेपालमा विशिष्टीकृत अस्पतालदेखि आधारभूत र निजी अस्पतालसम्म आवश्यक जनशक्तिको अध्ययन गरेको र…