एभरेष्ट बैंक लिमिटेडको सिन्धुलीमा शाखा विस्तार

एभरेष्ट बैंक लिमिटेडको सिन्धुलीमा शाखा विस्तार एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा बागमती प्रदेशको सिन्धुलीकोकमलामाई नगरपालिका ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ ।बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ । शाखाको विस्तार सँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले जनाएको छ ।कमलामाई नगरपालिकाका मेयर श्री उपेन्द्र कुमार पोखरेलज्यू र बैंकका संचालक समितिका अध्यक्ष डा। बालगोपाल वैद्यज्यू ले उद्धघाटित सो समारोहमा कमलामाई नगरपालिका ६ का वडाध्यक्ष श्री उज्वल कुमार थापा सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष श्री देव नारायण श्रेष्ठ प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुबेदी बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिब तथा…

मेलम्ची भ्रष्टाचारमा पूर्वसचिवसहित ४ जनालाई ८ वर्ष १ महिना कैद

मेलम्ची भ्रष्टाचारमा पूर्वसचिवसहित ४ जनालाई ८ वर्ष १ महिना कैद मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका पूर्वसचिव गजेन्द्र ठाकुरसहित ४ जनालाई विशेष अदालतले ८ वर्ष १ महिना कैद सजाय सुनाएको छ । विशेष अदालतले भदौ २५ गते मेलम्ची खानेपानी आयोजनाको अनियमितता प्रकरणमा पूर्वसचिव ठाकुरसहित ४ जनालाई दोषी ठहर गरेकोमा सोमबार सजाय निर्धारण गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सचिव ठाकुरलाई ८ वर्ष एक महिना कैद र बिगो बमोजिम जरिवाना निर्धारण गरेको विशेष अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले जानकारी दिए । उनका अनुसार पूर्वसचिव ठाकुरलाई ८ वर्ष एक महिना कैद…

वागमतीमा करकाे दर परिमार्जन

वागमतीमा करकाे दर परिमार्जन बागमती प्रदेश सरकारले एकल तथा साझा अधिकार क्षेत्रभित्र रहेका विज्ञापन कर, मनोरञ्जन कर, ढुङ्गा, गिट्टी, बालुवा, शुल्कमा परिमार्जन गरेको छ । प्रदेश राजस्व परामर्श समितिको परामर्श तथा सुझावका आधारमा राजस्वको नयाँ क्षेत्रको पहिचान गरी उक्त क्षेत्रको राजस्व दर परिमार्जन गरेको आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताए । प्रदेशको अधिकार क्षेत्रभित्रका अधिकांश करका दरहरू यथावत् राखी कार्यान्वयनमा देखिएका द्विविधाहरू हटाउने गरी केही करका दरमा सामान्य परिमार्जन गरिएको उनले बताए । उनका अनुसार २० वर्ष वा सोभन्दा बढी अवधि पूरा भएका सार्वजनिक सवारी साधनको दर्ता खारेज गराउने प्रयोजनका लागि आगामी पुस मसान्तसम्म बुझाए जरिवानामा ८० प्रतिशत…

असार १ बाट निर्माण सामग्री उत्पादन र बिक्री बन्द गर्ने चेतावनी

असार १ बाट निर्माण सामग्री उत्पादन र बिक्री बन्द गर्ने चेतावनी देशभरका क्रसर, खानी तथा बालुवा उद्योगीले असार १ गतेबाट निर्माण सामग्री उत्पादन तथा बिक्री वितरण बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरुको माग पूरा नभए देशभरका क्रसर, खानी तथा बालुवा उद्योगहरुको उत्पादन तथा बिक्री वितरण अनिश्चितकालको लागि बन्द गर्ने चेतावनी दिएको हो । ‘निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरु लामो समयदेखि नवीकरण नभएकोमा क्रसर, बालुवा प्रशोधन तथा खानी उद्योगले सरकारलाई तिर्नुपर्ने कर दस्तुर तिर्न तयार भएको हुँदा कर दस्तुर लिने व्यवस्था मिलाइ उद्योगहरु नवीकरण गर्न सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण…

सुनकोशी-मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक–थ्रु’

सुनकोशी-मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक–थ्रु’ आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताएका छन् । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बृद्धि हुने विश्वास व्यक्त गरे । 'बागमती प्रदेशको सिन्धुली जिल्लास्थित यस आयोजनाले मधेस प्रदेशको ५ जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ, राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान एवं जलविद्युत् उत्पादन हुनेछ,' प्रधानमन्त्री प्रचण्डले भने, 'आज सुरूङको ‘ब्रेक–थ्रु’ भएको छ, यस आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न हुनेछ ।' सुनकोशी…

मर्स्याङ्‍दीकाे बिजुली ल्याउने २२० केभी मातातीर्थ सबस्टेसन उद्घाटन

मर्स्याङ्‍दीकाे बिजुली ल्याउने २२० केभी मातातीर्थ सबस्टेसन उद्घाटन मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्‍दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसन उद्घाटन गरिएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ निर्माण गरिएको सबस्टेसन परिसरमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रसारण लाइन तथा सबस्टेसन उद्घाटन गरेका हुन् । काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि २२०/१३२ केभी, ३२० एमभीए क्षमताको मातातीर्थ सबस्टेसन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि सबैभन्दा ठूलो सबस्टेसन हब हो । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ उपत्यकामा ल्याउन तनहुँको आँबुखैरनीस्थित मार्कीचोक सबस्टेसनबाट काठमाडौंसम्मको मर्स्याङ्‍दी–काठमाडौं २२० केभी डबल सर्किट…

चिया निर्यात राेकिएकामा महासंघकाे चिन्ता

चिया निर्यात राेकिएकामा महासंघकाे चिन्ता नेपाल उद्योग वाणिज्य महासंघले एक सातादेखि गुणस्तर परीक्षणको नाउँमा निर्यातका लागि पठाइएका नेपाली चिया भारतको पश्चिम बंगालको पानीट्यांकीमा रोक लगाइएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । भारतले चिया निर्यातमा अवरोध गरेपछि सिटीसी र अर्थोडक्स चिया बोकेका नेपालका १६ मालवाहक सवारीसाधन पानीट्यांकीमा अलपत्र अवस्थामा छन् । भारतले पहिले ५ प्रतिशत कन्साइमेन्ट परीक्षण गरेपछि चिया निर्यात गर्न पाइने प्रावधान थियो तर अहिले शतप्रतिशत चिया परीक्षण गर्नुपर्ने नियम अघि सारेको छ तर यस सम्बन्धमा कुनै लिखित निर्णय भएको छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र फुड सेफ्टी एण्ड स्ट्याण्डर्ड अथोरिटी अफ इण्डियाबीचको सहमतिलाई समेत बेवास्ता गरी…

ताताेपानी भन्सार गाेदाममा थन्किएकाे ११ महिनापछि काठमाडाैं भित्र्याइँदै ३५ सय टन रासायनिक मल

ताताेपानी भन्सार गाेदाममा थन्किएकाे ११ महिनापछि काठमाडाैं भित्र्याइँदै ३५ सय टन रासायनिक मल चीनबाट आयात गरेर सिन्धुपाल्चाेकस्थित ताताेपानी भन्सार कार्यालयकाे गाेदाममा ११ महिना थन्किएकाे रासायनिक मल बल्ल काठमाडौँतर्फ ढुवानी गर्न थालिएकाे छ । आयातकर्ता ट्रान्स सिल्कले आवश्यक प्रक्रिया पूरा गरेसँगै मल ढुवानी हुन थालेको हो । कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भएपछि ३ हजार ५ सय टन मल काठमाडौँ पठाइएको भन्सार कार्यालयले जनाएको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीका अनुसार ३ हजार ५ सय टन मलमध्ये हालसम्म १ हजार २ सय टनभन्दा बढी जाँच पास भइसकेकाे छ । बाँकी मल पनि जाँच पास प्रक्रियामा रहेकाे उनले जानकारी…

सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा

सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा राष्ट्रिय गौरव आयोजनाको सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा पुगेकाे छ । कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङको अब ७ सय ९० मिटर मात्र खन्न बाँकी छ । सुरुङ खन्ने काममा कुनै भौगोलिक जटिलता नआएको खण्डमा एक महिनाभित्र ‘ब्रेक थ्रू’ भइसक्ने आयोजना प्रमुख मित्र बरालले जानकारी दिए । तराई मधेसमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको याे आयोजनालाई सरकारले प्राथमिकतामा राखेकाे छ । सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईको एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु…

अर्थतन्त्रका समस्या समाधानका लागि सर्वपक्षीय छलफलको प्रस्ताव

अर्थतन्त्रका समस्या समाधानका लागि सर्वपक्षीय छलफलको प्रस्ताव नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रका समस्या समाधानका लागि सर्वपक्षीय छलफलको प्रस्ताव राखेका छन् । उनले पछिल्लो समय निजी क्षेत्रको मनोबल कमजोर भएको बताए । चितवनमा शुक्रबार भरतपुर भ्रमण वर्ष २०२४ काे उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले भने, 'राजनीति र अर्थतन्त्र फरक भएको कुरा सबैलाई थाहा छ । नेपालमा राजनीतिक परिवर्तन सहज रुपमा गरेका छौं । अर्थतन्त्र मन्दी आएको हिसाबमा समाधान गर्नको लागि सरकारले सक्रिय रुपमा पहल गर्नुपर्छ । सर्वपक्षीय सहभागितामा समाधानको पहल अपेक्षा गरिरहेका छौं ।' उनले मुलुक समृद्धिको सूत्र पर्यटन भएकाले सरकारले त्यही अनुसार नीति कार्यक्रम र बजेट ल्याउनु…