एभरेष्ट बैंक लिमिटेडको सिन्धुलीमा शाखा विस्तार

एभरेष्ट बैंक लिमिटेडको सिन्धुलीमा शाखा विस्तार एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा बागमती प्रदेशको सिन्धुलीकोकमलामाई नगरपालिका ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ ।बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ । शाखाको विस्तार सँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले जनाएको छ ।कमलामाई नगरपालिकाका मेयर श्री उपेन्द्र कुमार पोखरेलज्यू र बैंकका संचालक समितिका अध्यक्ष डा। बालगोपाल वैद्यज्यू ले उद्धघाटित सो समारोहमा कमलामाई नगरपालिका ६ का वडाध्यक्ष श्री उज्वल कुमार थापा सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष श्री देव नारायण श्रेष्ठ प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुबेदी बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिब तथा…

सफथमा छैन किन ? राजेशलाई निम्तो

सफथमा छैन किन ? राजेशलाई निम्तो राजेश को गुनासो सामाजिक संजाल राजेश राईको फेसबूक बाट जस्ताको त्यस्तै । किन गरीदै छ राजेश लाई अपमान ? हृदयदेखिको आभार। आदरणीय अग्रज । प्रिय साथीहरू । यहाँहरूलाई थाहा छ, ‘श्रमजीवी पत्रकारहरूको गौरवमय संगठन प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।’ महाधिवेशन व्यवस्थापकीय हिसाबले सफलतापूर्वक सम्पन्न गराउनका लागि अहोरात्र खट्नुहुने व्यवस्थापन समितिका संयोजक तथा सचिव प्रिय साथी विक्रम लुइँटेल, प्रेस चौतारी कोशी प्रदेश समितिका अध्यक्ष सुमन पुरी सहित सबै साथीहरु, प्रेस चौतारी मोरङका अध्यक्ष चिना थापा सहित सबै साथीहरु प्रति गहिरो सम्मान । कोशी प्रदेश मेरो पनि गृह प्रदेश ।…

केबलकारले नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ : ढकाल

केबलकारले नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ : ढकाल कोसी प्रदेशको दुर्गम हिमाली जिल्ला ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म पुग्न निर्माण हुन लागेको पाथीभरा केबलकार अहिले चर्चाको विषय बनेको छ । पाथीभरामा केबलकार बनाउँदा मन्दिरको एैतिहासिकता र पहिचान गुम्ने भन्दै सामाजिक सञ्जालमा दुस्प्रचार गरिएको देखिन्छ । पाथिभरामा केबलकार निर्माणको प्रसंग चार दशक अघि उठे पनि २०७२ मा पाथीभरा देवी दर्शन केवलकार प्रालिको स्थापना भएको हो । यस आयोजनाले २०७५ सालमा नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयअनुसार केबलकार निर्माणको अनुमती लिएको थियो । करिब दुईवर्ष अघि पाथीभरा केबलकारमा आइएमई समूहको प्रवेशसँगै यो आयोजना निर्माणले गति लिन थालेको छ । नेपाल सरकारबाट प्राप्त गर्नुपर्ने सबै…

असार १ बाट निर्माण सामग्री उत्पादन र बिक्री बन्द गर्ने चेतावनी

असार १ बाट निर्माण सामग्री उत्पादन र बिक्री बन्द गर्ने चेतावनी देशभरका क्रसर, खानी तथा बालुवा उद्योगीले असार १ गतेबाट निर्माण सामग्री उत्पादन तथा बिक्री वितरण बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरुको माग पूरा नभए देशभरका क्रसर, खानी तथा बालुवा उद्योगहरुको उत्पादन तथा बिक्री वितरण अनिश्चितकालको लागि बन्द गर्ने चेतावनी दिएको हो । ‘निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरु लामो समयदेखि नवीकरण नभएकोमा क्रसर, बालुवा प्रशोधन तथा खानी उद्योगले सरकारलाई तिर्नुपर्ने कर दस्तुर तिर्न तयार भएको हुँदा कर दस्तुर लिने व्यवस्था मिलाइ उद्योगहरु नवीकरण गर्न सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण…

काँकडभिट्टाबाट ३ महिनामा साढे ३ अर्बकाे सामान निर्यात

काँकडभिट्टाबाट ३ महिनामा साढे ३ अर्बकाे सामान निर्यात नेपालकाे सुदूर पूर्वीनाका काँकडभिट्टाबाट कात्तिकदेखि पुस मसान्तसम्मको तीन महिनामा ३ अर्ब ६९ करोड ५ लाख मूल्य बराबरको कृषि, जडीबुटी तथा काष्ठ उत्पादन भारत, बङ्गलादेशलगायतका मुलुकमा निर्यात भएको छ । यस अवधिमा सबैभन्दा बढी १ अर्ब ६६ करोड ८ लाख मूल्य बराबरको चिया निर्यात भएकाे छ भने अलैँची, अम्रिसाे, प्लाइउड र अदुवासमेत उल्लेख्य मात्रामा गएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार ९८ करोड ९६ लाख बराबरको अलैँची, ५३ करोड १२ लाख बराबरको प्लाइउड, ३० करोड ४६ लाख मूल्यको अदुवा र १३ करोड ८१ लाख २० हजार मूल्य बराबरको अम्रिसाे निर्यात भएको छ…

अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको प्रधानमन्त्रीकाे दाबी

अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको प्रधानमन्त्रीकाे दाबी प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको बताएका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको शनिबार उदघाटन गर्दै दाहालले पछिल्लाे समय अर्थतन्त्र ठीक बाटोमा अगाडि बढेको दाबी गरेका हुन् । प्रभावकारी कार्यान्वयन गर्न अब सरकारले बजेट बनाउने ढाँचा नै बदल्ने पनि उाले बताएका छन् । आर्थिक वर्ष २०८१/०८२ को बजेट बक्तव्यमा ३ करोडभन्दा कम लागतका योजना संघीय सरकारले कार्यान्वयन नगर्ने निर्णय भईसकेको उनले जानकारी गराए । दाहालले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको जनताले अनुभुत हुनेगरी सेवा प्रवाह गर्नुपर्नेमा पनि जोड दिए । रौतामाई गाउँपालिका–२ स्थित भुट्टारमा करिब १० कट्टा…

सन् २०२४ को पहिलो महिनामै भित्रिए ७९ हजार पर्यटक

सन् २०२४ को पहिलो महिनामै भित्रिए ७९ हजार पर्यटक सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ८१ हजार आठ सय ९७ जना बाहिरिएका छन् । जनवरीमा सबैभन्दा बढी भारतीय पर्यटक २४ हजार एक सय ३९ जना नेपाल आएका छन् । गत वर्षको सोही अवधिमा १६ हजार चार सय ३६ भारतीय पर्यटक नेपाल आएका थिए । चिनियाँ पर्यटक सात हजार दुई सय ६७, अमेरिकी पर्यटक सात हजार ४७, थाइल्याण्डबाट चार हजार छ सय १९…

कर प्रणाली सुधार्न मोरङ व्यापार संघकाे सुझाव

कर प्रणाली सुधार्न मोरङ व्यापार संघकाे सुझाव काठमाडौँ । मोरङ व्यापार संघले कर प्रणाली सुधारका लागि विभिन्न सुझाव पेस गरेको छ । कर प्रणाली सुधारका लागि सरकाद्वारा गठित उच्चस्तरीय सुझाव समितिद्वारा आयोजित अन्तरक्रियात्मक कार्यक्रममार्फत संघले सुझाव बुझाएको हो । संगठनका अध्यक्ष नवीन रिजालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले बुझाएको सुझावमा सीमा नाकाबाट हुने विशेषगरी विभिन्न १७ वटा दैनिक उपभोग्य सामग्रीहरूको मूल्याङ्कन तथा भन्सार महसुल दर घटाउनुपर्ने उल्लेख छ । साथै, देश भरीका जिल्ला/नगर उद्योग वाणिज्य सङ्घहरूबाट सङ्कलित निजी क्षेत्रका उद्योग/व्यवसाय प्रतिष्ठानहरूको हकहित सम्बन्धी सुझाव समेत संघले दिएको छ । यसबाहेक, मोरङ–सुनसरी औद्योगिक कोरिडोरका उद्योग/व्यवसाय प्रतिष्ठानहरूका राजस्व सम्बन्धी विभिन्न सुझावहरू संकलन गरी आयोग…