लामिछानेलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
लामिछानेलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि तेस्रोपटक म्याद थप भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । जिल्ला सरकारी वकिल कार्यालयले २५ दिन म्याद थप गर्न अनुमति मागेको थियो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई थुनामा राख्न अदालतले पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । पुनः दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो । म्याद कात्तिक १४ गते सकिए पनि तिहार…