आधाभन्दा बढीले पाए हिमालयन बैंककाे एफपिओ

हिमालयन बैंकको थप सार्वजनिक सेयर (एफपीओ) बाँडफाँट भएको छ । कमलादीस्थित बैंकको भवनमा एफपीओ बाँडफाँट गरिएको हो । असार ३१ गतेदेखि साउन ४ गतेसम्म सर्वसाधारणका लागि एफपीओ निष्कासन भएको थियो ।

एफपीओमा कुल १८ लाख २५ हजार ९२२ जनाले आवेदन दिएका थिए । यीमध्ये १ लाख २१ हजार ६४९ को आवेदन अस्वीकृत भएको छ । स्वीकृत आवेदन १७ लाख ४ हजार २७३ थियो ।

यीमध्ये ९ लाख २५ हजार ४६ जनाले सेयर पाएका छन् । यीमध्ये पनि ९ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् भने ९ लाख २५ हजार ३७ जनाले १० कित्ताका दरले पाएका छन् । कुल स्वीकृत आवेदनमध्ये सेयर पाउनेको संख्या ५४.२७ प्रतिशत हो । एफपीओ परे/नपरेको नतिजा केही समयपछि सीडीएससीको अनलाइन प्रणाली आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीमा हेर्न सकिनेछ ।

धितोपत्र बाँडफाँट निर्देशिकाअनुसार १० कित्ताका दरले एफपीओ बाँडफाँट हुने गर्छ । पुग्नेजतिलाई १० कित्ताका दरले बाँडफाँट गरिसकेपछि बाँकी ‘अड लट’ संख्या थप १–१ कित्ताका दरले बाँडफाँट हुन्छ । एफपीओ परेकामध्ये १० कित्ताभन्दा बढी आवेदन दिनेमध्येबाट थप १/१ कित्ता बाँडफाँट भएको हो ।

अंकित मूल्य १ सयमा ५७ रुपैयाँ थप गर्दै प्रतिकित्ता १५७ रुपैयाँका दरले एफपीओ खुलाइएको थियो । बैंकले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ खुलाएको थियो । सोमबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता २३९ रुपैयाँ छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुरुप कम्पनीले सर्वसाधारण समूहमा सेयर हिस्सा हिस्सा कम्तीमा ३० प्रतिशत कायम गर्न एफपीओ जारी गरेको हो । हाल यो हिस्सा २७ प्रतिशत मात्रै छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

आधाभन्दा बढीले पाए हिमालयन बैंककाे एफपिओ