फोटोन टुनल्याण्ड G7 अब नेपालमा
फोटोन टुनल्याण्ड G7 अब नेपालमा नेपालको अटोमोबाइल क्षेत्रमा एक ऐतिहासिक क्षणका रूपमा ललितपुरकाे पुलचोकस्थित ‘द प्लाजा’ मा फोटोनको प्रमुख पिकअप टुनल्यान्ड G7 सार्वजनिक गरिएको छ । टुनल्यान्ड G7 ले २३ दिनमै ८ वटा उच्च र कठोर अफ-रोड भूभागहरू पार गर्ने विश्वकै पहिलो पिकअपका रूपमा इतिहास रचिसकेको छ । नेपालमा डेब्यु गर्नुअघि यो गाडी १५,००० किलोमिटरको कठिन परीक्षणमा टेस्ट गरिएको थियो । असार ८ गते सम्पन्न भएको भव्य सार्वजनिक कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, फोटोन इन्टरनेशनल साउथ एसियाका प्रबन्ध निर्देशक एरिक वाङ, बेइकी फोटोनका पीआर निर्देशक तथा फोटन इन्टरनेशनलका प्रमुख अकाउन्ट निर्देशक ली जुओचेंग, फोटोन इन्टरनेशनल प्यासेन्जर भेहिकल बिजनेसका…