भाेलिदेखि कतार एयरले पनि गाैतमबुद्ध विमानस्थलबाट उडान गर्ने
भाेलिदेखि कतार एयरले पनि गाैतमबुद्ध विमानस्थलबाट उडान गर्ने भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजले पनि उडान थाल्ने भएको छ। उसले मङ्गलवारबाट उडान थाल्न लागेकाे हो । कतार एयरले अहिले कतार–काठमाडौं दैनिक ३ वटा उडान गरिरहेको छ । मङ्गलवारबाट भने दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गर्नेछ । यो सँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनी ५ वटा पुगेका छन् । यसअघि नेपाल एयरलाइन्स, जजिरा, फ्लाइ दुबई र थाई एयर एशियाले उडान थालिसकेका छन्। नोभेम्बर १२ देखि ३० सम्म १९ वटा उडान गर्ने गरी अनुमति प्रदान गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कतार एयरवेजले हप्ताका सातै दिन दोहा–भैरहवा–काठमाडौं उडान गर्ने प्राधिकरणका सहप्रवक्ता…