चितवनबाट हराएको अटो मकवानपुरमा फेला

चितवनबाट हराएको अटो मकवानपुरमा फेला चितवनबाट माघ ७ गते हराएको तीन पाङ्ग्रे सवारी (अटो) मकवानपुरको मनहरी गाउँपालिका–९ मा फेला परेको छ । रत्ननगर नगरपालिका–१० बस्ने पुष्पमणि शर्माको बा.पं. ०३–०१ ह. १२२३ नम्बरको अटो मनहरी–९ स्थित ज्यामिरे नजिक फेला परेको इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले जानकारी दिएको छ । प्रहरी निरीक्षक विशाल सापकोटाका अनुसार बेवारिसे अवस्थामा अटो छाडेर चालक फरार भएका थिए । अटो हराएको सम्बन्धमा शर्माले इलाका प्रहरी कार्यालय मनहरीमा निवेदन दिएको र उक्त अटो फेला पारी सम्बन्धित अटोधनीलाई नै फिर्ता गरिएको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो ।चोरी भएको अटोमा प्र.०३–००१ ह २०६० नम्बरको प्लेट हालेर चलाएको पाइएको इलाका प्रहरी कार्यालय…

वीरगन्जमा अवैध सामान ओसारपसार निरन्तर

वीरगन्जमा अवैध सामान ओसारपसार निरन्तर वीरगन्जमा भारतबाट अवैध सामान ओसारपसारको काम रोकिएको छैन । हरेक दिनजसो अवैध रूपमा आएका सामान पक्राउ भइरहेका छन् । वीरगन्जमा भन्सार छलेर लुकाइराखेको अवस्थामा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धानको टिमले चिनी, केराउ र लत्ताकपडा बरामद गरेको छ । तस्करले स्थानीयको घरमा गोदाम गरेर राखेको अवस्थामा उक्त सामान बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षकले विशेष सुराकीका आधारमा अवैध सामान पक्राउ गरेको बताए । उनले गोदाममा चिनी, केराउ, लत्ताकपडासहितका सामान रहेको बताएका छन् ।

असार १ बाट निर्माण सामग्री उत्पादन र बिक्री बन्द गर्ने चेतावनी

असार १ बाट निर्माण सामग्री उत्पादन र बिक्री बन्द गर्ने चेतावनी देशभरका क्रसर, खानी तथा बालुवा उद्योगीले असार १ गतेबाट निर्माण सामग्री उत्पादन तथा बिक्री वितरण बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरुको माग पूरा नभए देशभरका क्रसर, खानी तथा बालुवा उद्योगहरुको उत्पादन तथा बिक्री वितरण अनिश्चितकालको लागि बन्द गर्ने चेतावनी दिएको हो । ‘निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरु लामो समयदेखि नवीकरण नभएकोमा क्रसर, बालुवा प्रशोधन तथा खानी उद्योगले सरकारलाई तिर्नुपर्ने कर दस्तुर तिर्न तयार भएको हुँदा कर दस्तुर लिने व्यवस्था मिलाइ उद्योगहरु नवीकरण गर्न सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण…

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा पूर्वन्यायाधीश गौतम नियुक्त

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा पूर्वन्यायाधीश गौतम नियुक्त सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ।मन्त्रिपरिषद्को बैठकले उक्त समितिको अध्यक्षमा पूर्वन्यायाधीश गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि अध्यक्ष काशीराज दाहाल थिए । उनको कार्यकाल सकिएपछि सरकारले नयाँ अध्यक्ष नियुक्त गरेको हो । सरकारले सहकारीलाई समस्याग्रस्त घोषणा गरेपछि यही कार्यालयले ती सहकारीको व्यवस्थापनको जिम्मा लिँदै आएको छ । त्यस्ता समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता, ऋण उठाउने लगायतको काम गर्दै आएको छ । सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम नेपाल सरकारबाट समस्याग्रस्त घोषित सहकारी संस्थाहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी गर्ने जिम्मा यो…

एनआइसी एसियाले मनायो ‘ग्लोबल मनी विक’

एनआइसी एसियाले मनायो ‘ग्लोबल मनी विक’ एनआइसी एसिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका हजारौं विद्यार्थीमाझ सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरेर ‘ग्लोबल मनी विक २०२४’ सम्पन्न गरेको छ ।नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको ‘ग्लोबल मनी विक’ का अवसरमा एनआइसीका सातै प्रदेशका सयभन्दा बढी शाखाले विद्यार्थी तथा युवालाई वित्तीय साक्षरता अभिवृद्धि अभियानमा सहभागी गराउँदै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् । यस अभियानबाट ६ हजारभन्दा धेरै जना लाभान्वित भएका छन् भने ३० भन्दा धेरै शाखाले विभिन्न विद्यालयका २५० भन्दा धेरै विद्यार्थीलाई आफ्नो शाखा भ्रमण गराउँदै बैंकिङ्ग प्रणालीका बारेमा जानकारी गराएका…

भैरहवामा खुल्यो मोटरसाइकलको एसेम्ब्लिङ प्लान्ट

भैरहवामा खुल्यो मोटरसाइकलको एसेम्ब्लिङ प्लान्ट नेपालमा होन्डा मोटरसाइकलको एसेम्ब्लिङ सुरु भएकाे छ । होन्डाका मुख्य बिजनेस युनिटका भाइस-प्रेसिडेन्ट मिनोरु काटोले बुधबार भैरहवामा होन्डा ‘एसेम्ब्लिङ प्लान्ट’ उद्‍घाटन गरका छन् । १ अर्ब ५० करोड लगानीमा दुई लाख स्क्वायर फुट क्षेत्रफलमा फैलिएको प्लान्टले वार्षिक एक लाख वटा मोटरसाइकल र स्कुटर उत्पादन गर्ने कम्पनीले बताएको छ । एसेम्ब्लिङ प्लान्ट स्थापना भएसँगै सहायक कम्पनी हिमाल मोटो प्रालि मार्फत उत्पादनको बिक्री वितरण, पाटपुर्जाको उपलब्धता र सर्भिसिङ सेवा उपलब्ध हुने नेपालका लागि होन्डाको अधिकृत विक्रेता स्याकार ट्रेडिङले जनाएको छ। नेपालमा ५५ वर्षदेखि विक्री हुँदै आएको होन्डा दुई पाङ्ग्रे सवारीमा नेपालकै सर्वाधिक बिक्री हुनेमध्येको ब्राण्ड हो ।…

‘वित्तीय साक्षरता अभियान दुर्गम क्षेत्रसम्म पुर्‍या‌उँछाैं’

'वित्तीय साक्षरता अभियान दुर्गम क्षेत्रसम्म पुर्‍या‌उँछाैं' नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरता अभियान देशका दुर्गम क्षेत्रसम्म पुर्‍याउने बताएका छन् । ग्लोबल मनी विकको अवसरमा राष्ट्र बैंकद्वारा साेमबार आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यो अभियानलाई राष्ट्र बैंकले अझ विस्तार गर्ने प्रतिबद्धता जनाए । अधिकारीले वित्तीय साक्षरतालाई देशको कुना-कुना लैजाने योजना रहेको पनि जानकारी दिए । उनले वित्तीय फ्रेमवर्कमा वित्तीय साक्षरतालाई विद्यालय तहको पाठ्यक्रममा पनि राख्नको लागि समन्वय भइरहेको जानकारी दिए । उनले कुनै पनि प्रोडक्ट बैंक तथा वित्तीय संस्थाहरुले ल्याउँदा वा नीति ल्याउँदा कार्यान्वयनमा जानको लागि वित्तीय चेतना हुन जरुरी रहेको औल्याए । उनले सञ्चारमाध्यमहरुलाई पनि वित्तीय साक्षरता अभियानमा…

लगानी कम्पनी खाेल्दै महासंघ

लगानी कम्पनी खाेल्दै महासंघ नेपाल उद्योग वाणिज्य महासंघको पहलमा लगानी कम्पनी स्थापना हुने भएको छ । उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्न सक्नेछन् । उक्त रकम विभिन्न परियोजनामा लगानी गरिनेछ । वीरगञ्ज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिएकाे जानकारीअनुसार कम्पनीको अधिकृत पूँजी १० अर्ब रूपैयाँ हुनेछ । यसमा महासंघका सदस्यबाहेकका व्यवसायीले पनि लगानी गर्न सक्नेछन् । अध्यक्ष ढकालले महासंघको चैत अन्तिम साता आयोजना हुने वार्षिक साधारणसभामा आर्थिक एजेण्डामा सबै दलहरूको ऐक्यबद्धता खोजिने जानकारी दिए । ‘हामीले प्रयास गर्नुपर्छ, बजार चलायमान बनाउन सबैको सहकार्य आवश्यक छ’, उनको भनाइ छ ।

बुटवलमा सेरेसकाे अत्याधुनिक शोरुम

बुटवलमा सेरेसकाे अत्याधुनिक शोरुम सेरेसले विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्ष ब्रान्ड बन्ने उद्देश्यका साथ बुटबलको कालिकानगरमा अत्याधुनिक शोरुम उद्घाटन गरेको छ । कम्पनीले थ्री एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो । नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले बुटवलमा डिलरसीपका लागि इ एम मोटर्ससँग साझेदारी गरेको छ । शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्नेछ । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, नाडा रुपन्देहीका अध्यक्ष गणेश भट्टराई, एमएडब्लू वृद्धि अटोकोर्पका बिजनेष हेड प्रशन्न पन्त, इएम मोटसका डाईरेक्टर राजेश घिमिरेलगायतले सोरुम…

लयमा फर्किंदै पर्यटन : नेपाल घुम्ने विदेशीकाे संख्या बढ्याे

लयमा फर्किंदै पर्यटन : नेपाल घुम्ने विदेशीकाे संख्या बढ्याे नेपाल घुम्न हवाई माध्यमबाट आउने पर्यटकको सङ्ख्या बढेकाे छ । गत वर्षको जनवरी र फेब्रुअरीको तुलनामा २०२४ मा उल्लेख्य मात्रामा विदेशी पर्यटक भित्रिएका छन् । जनवरी र फेब्रुअरीमा मात्रै १ लाख ७६ हजार ५ सय २६ विदेशी आएका छन् । नेपाल आउनेमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक छन् । भारतबाट दुई महिनामा ५० हजार पर्यटक आएका छन् । भारतबाट आउनेमा धेरैजसो धार्मिक पर्यटक छन् । उनीहरूले नेपालको लुम्बिनी, मुक्तिनाथ, पोखरा, पशुपतिनाथलगायतका धार्मिक स्थलको दर्शन गरेका छन् । भारतपछि धेरै आउनेमा चिनियाँ छन् । १६हजार ४ सय ४७ जना चीनबाट आएका छन् ।…