कैलालीका ३० भन्दा बढी उद्याेगलाई अनुदान

कैलालीका ३० भन्दा बढी उद्याेगलाई अनुदान कैलाली जिल्लामा एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिल्लाका ३० भन्दा बढी उद्योगलाई अनुदान प्रदान गरेिएकाे छ । घरेलु तथा साना उद्योग कार्यालयले आ ब २०८०/८१ मा जिल्लाका १० निर्वाचन क्षेत्रका उद्योगलाई छनोट गरी अनुदान प्रदान गरेको हाे । लामो समयदेखि सञ्चालनमा रहेका उद्योगको स्तरोन्नति गर्न एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन सहयोग कार्यक्रम’ कार्यान्वयनमा ल्याएको बताइएकाे छ । प्रदेशसभामा १० निर्वाचन क्षेत्र रहेको कैलालीमा ३० भन्दा माथि संचलानमा रहेका उद्योगलाई छनोट अनुदान दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको याे कार्यक्रमका लागि गत आ व मा एक करोड ५० लाखभन्दा बढी बजेट…

असार १ बाट निर्माण सामग्री उत्पादन र बिक्री बन्द गर्ने चेतावनी

असार १ बाट निर्माण सामग्री उत्पादन र बिक्री बन्द गर्ने चेतावनी देशभरका क्रसर, खानी तथा बालुवा उद्योगीले असार १ गतेबाट निर्माण सामग्री उत्पादन तथा बिक्री वितरण बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरुको माग पूरा नभए देशभरका क्रसर, खानी तथा बालुवा उद्योगहरुको उत्पादन तथा बिक्री वितरण अनिश्चितकालको लागि बन्द गर्ने चेतावनी दिएको हो । ‘निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरु लामो समयदेखि नवीकरण नभएकोमा क्रसर, बालुवा प्रशोधन तथा खानी उद्योगले सरकारलाई तिर्नुपर्ने कर दस्तुर तिर्न तयार भएको हुँदा कर दस्तुर लिने व्यवस्था मिलाइ उद्योगहरु नवीकरण गर्न सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण…

चिया निर्यात राेकिएकामा महासंघकाे चिन्ता

चिया निर्यात राेकिएकामा महासंघकाे चिन्ता नेपाल उद्योग वाणिज्य महासंघले एक सातादेखि गुणस्तर परीक्षणको नाउँमा निर्यातका लागि पठाइएका नेपाली चिया भारतको पश्चिम बंगालको पानीट्यांकीमा रोक लगाइएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । भारतले चिया निर्यातमा अवरोध गरेपछि सिटीसी र अर्थोडक्स चिया बोकेका नेपालका १६ मालवाहक सवारीसाधन पानीट्यांकीमा अलपत्र अवस्थामा छन् । भारतले पहिले ५ प्रतिशत कन्साइमेन्ट परीक्षण गरेपछि चिया निर्यात गर्न पाइने प्रावधान थियो तर अहिले शतप्रतिशत चिया परीक्षण गर्नुपर्ने नियम अघि सारेको छ तर यस सम्बन्धमा कुनै लिखित निर्णय भएको छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र फुड सेफ्टी एण्ड स्ट्याण्डर्ड अथोरिटी अफ इण्डियाबीचको सहमतिलाई समेत बेवास्ता गरी…

सन् २०२४ को पहिलो महिनामै भित्रिए ७९ हजार पर्यटक

सन् २०२४ को पहिलो महिनामै भित्रिए ७९ हजार पर्यटक सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ८१ हजार आठ सय ९७ जना बाहिरिएका छन् । जनवरीमा सबैभन्दा बढी भारतीय पर्यटक २४ हजार एक सय ३९ जना नेपाल आएका छन् । गत वर्षको सोही अवधिमा १६ हजार चार सय ३६ भारतीय पर्यटक नेपाल आएका थिए । चिनियाँ पर्यटक सात हजार दुई सय ६७, अमेरिकी पर्यटक सात हजार ४७, थाइल्याण्डबाट चार हजार छ सय १९…

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा एनसेलकाे फोरजी सेवामा थप सुधार

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा एनसेलकाे फोरजी सेवामा थप सुधार एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका जिल्लाहरुमा फोरजी सेवामा थप सुधार गरेको छ । यससँगै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका डेढ दर्जन बढी क्षेत्रका ग्राहकहरुले सुधारिएको फोरजी सेवा पाएको कम्पनीले जनाएको छ । देशका अन्य स्थानहरुमा पनि सेवाको अवस्था हेरी आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको कम्पनीको भनाइ छ । हाल सुदूरपश्चिमका बेलौरी, धनगढी, गौरीगंगा, घोडाघोडी, जानकी, कृष्णपुर र लम्कीचुहामा फोरजी सेवा सुधार गरिएको छ । त्यसैगरी लुम्बिनीका बुटवल, देवदह, घोराही, लुम्बिनी सांस्कृतिक विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिद्धार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुरमा फोरजी सेवा सुधार गरिएको छ…