एनआईसी एशिया बैंकको अचम्मको सहयोग
एनआईसी एशिया बैंकको अचम्मको सहयोग एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेको पुस्तकालय भवनहरु मध्ये मधेश प्रदेशको पर्सा जिल्ला स्थित वीरगञ्ज महानगरपालिका–१४ मा रहेको श्री सिद्धार्थ माध्यमिक विद्यालयमा पुस्तकालय समुद्घाटन गरेको छ । विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरुउपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने प्रमुख उद्देश्यले बैंकको सहयोगमा सम्बन्धित विद्यालयसँगको सहभागितामा पुस्तकालय भवन निर्माण गरी उक्त विद्यालयलाई हस्तान्तरण गरिएको छ । उक्त पुस्तकालय समुद्घाटन समारोहमा उक्त विद्यालयका प्रधानाध्यापक बिनोद मेहताज्यू यस एन आई सी एशिया बैंक मधेश प्रदेश प्रमुख श्री अमीत केसीज्यू लगायत सम्बन्धित विद्यालय यस…