झण्डै १८ अर्ब रुपैयाँ अवैध कारोबारमा संलग्न २१ जना पक्राउ
झण्डै १८ अर्ब रुपैयाँ अवैध कारोबारमा संलग्न २१ जना पक्राउ झण्डै १८ अर्ब रुपैयाँ अवैध कारोबारमा संलग्न रहेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २१ जनालाई पक्राउ गरेको छ । ब्युरोका प्रहरी उपरीक्षक सुधीर राजा शाहीका अनुसार अवैध वित्तीय कारोबारमा संलग्न विभिन्न मनि चेन्जर तथा त्यसका सञ्चालकसमेत २१ जनालाई पक्राउ गरिएको हो । उनीहरुले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ कारोबार गरेको पाइएको ब्युरोले सोमबार जनाएको छ । ब्युरोका अनुसार विदेशबाट विप्रेषण बापत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी आन्तरिक विप्रेषणको नाममा नेपालमा अवैध कारोबार (भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली) लगायतमा संलग्न रहेका…