सेयर बजारमा हरियाली

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधवार हरियाली छाएको छ । बुधवार नेप्से परिसूचक ३४.६१ अंकले बढेर २ हजार ७ सय ९४ दशमलव ७८ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, कारोबार रकममा पनि उछाल आएको छ । बुधवार १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा १९३ कम्पनीको शेयरमूल्य बढ्दा ५५ वटाको घटेको छ । आज दुई कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । जसमा केबीएल डिभेञ्चर र थ्रीस्टार हाइड्रोपावर लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

माइखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक गुमाए । यस कम्पनीको शेयरमूल्य ७.८७ प्रतिशतले घटेको छ । बुटवल पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ६१ करोड ८७ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

सेयर बजारमा हरियाली