नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित भएका छन् । नेपाल र गणतन्त्र इन्डोनेसियाबिच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन निर्वाह गरेको भूमिकाको कदर गर्दै इन्डोनेसिया सरकारले विशिष्ट अवार्ड ‘करका बुवाना अवार्ड’ बाट सम्मानित गरेको हो । इन्डोनेसियाको परराष्ट मन्त्रालयद्वारा प्रदान गरिएको सो अवार्ड इन्डोनेसियासँगको सम्बन्धमा उल्लेख्य भूमिका निर्वाह गर्ने विदेशी विशिष्ठ व्यक्तित्वलाई प्रदान गर्ने गरिएको मन्त्रालयले जनाएकोको छ । इन्डोनेसियाली परराष्ट्रमन्त्रीका तर्फबाट नेपालका लागि इन्डोनेसियाली राजदूत हेरु एच। सुवोलोले ढकाललाई काठमाडौँमा आयोजित एक कार्यक्रममा उक्त सम्मान हस्तान्तरण गरेका हो। सुवोलोले ढकालको…

लामिछानेलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

लामिछानेलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि तेस्रोपटक म्याद थप भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । जिल्ला सरकारी वकिल कार्यालयले २५ दिन म्याद थप गर्न अनुमति मागेको थियो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई थुनामा राख्न अदालतले पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । पुनः दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो । म्याद कात्तिक १४ गते सकिए पनि तिहार…

चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माण सम्पन्न

चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माण सम्पन्न चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । निर्माण पूरा भएसँगै परीक्षणको तयारी थालिएको छ । भौगोलिक कठिनाइ र प्राकृतिक विपद्का कारण तोकिएको समयमा निर्माण हुन नसेकेको २२० केभी क्षमताको प्रसारण लाइनको काम यही कात्तिक १७ गते सम्पन्न भएको हो । नेपाल विद्युत् प्राधिकरणले रसुवाको थाम्बुचेतदेखि मातातीर्थसम्मको प्रसारण लाइन निर्माण गरेको हो । त्यसमध्ये त्रिशूलीदेखि मातातीर्थसम्मको प्रसारण लाइन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । उक्त प्रसारण लाइन रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ थाम्बुचेतदेखि पहिरेबेँसीसम्म २८ र पहिरेबेँसीदेखि राजधानीको मातातीर्थसम्म ४८ किलोमिटर छ । प्राधिकरणको हाइ भोल्टेज ग्रीड विभागका निर्देशक थर्कबहादुर थापाले प्रसारण लाइन निर्माणको…

शर्त सहित थाई एयर एसियाको उडान फुकुवा

काठमाण्डौ । काठमाडौंको तुलनामा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरै उडान गर्ने सर्तमा थाई एयर एसियाको उडान फुकुवा गरिएको छ । केही दिन पहिले आउदै गर्दा आकाश मा नै उडान अबधि सकीएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो उडान अनुमति सकिएको अवस्थामा जबर्जस्ती जहाज नेपाल ल्याएर आएसँगै सो कम्पनीलाई थप उडानमा रोक लगाएको थियो । अब भने केही शर्त सहित उडान भर्न पाउने भएको छ । थाई एयर एसियाले यसअघि प्राधिकरणसँग भैरहवामा चार र काठमाडौंमा तीन उडान गर्ने प्रतिवद्धता जनाएको थियो । सोही अनुसार उडान गर्ने शर्तमा सो कम्पनीमाथिको प्रतिवन्ध फुकुवा गरिएको प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता हंसराज पाण्डेले जानकारी दिए…

डेडिकेटेड र ट्रङ्क लाइनकाे महसुल २८ किस्तामा तिर्न सकिने

डेडिकेटेड र ट्रङ्क लाइनकाे महसुल ५६ किस्तामा तिर्न सकिने नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड र ट्रङ्क लाइन महसुल उठाउने सम्बन्धमा थप केही लचिलो निर्णय गरेको छ । यसअघि प्राधिकरणले २८ किस्तामा महसुल तिर्न सकिने बताउँदै आएकोमा बुधबारको बैठकले त्यसलाई बढाएर ५६ किस्तामा तिर्न सकिने व्यवस्था गरिएको स्रोत बताउँछ । महसुल सङ्कलन नियमावलीमा केही संशोधन गरेर उक्त व्यवस्था गरिएको हो । यसैबीच विद्युत् नियमन आयोगले पनि डेडिकेटेड र ट्रङ्क लाइनसम्बन्धी महसुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । आयोगकी सचिव मनदेवी श्रेष्ठले बुधबार प्राधिकरणलाई पत्राचार गर्दै २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता उठाउन भनेकी छन्…

गोकर्ण सहकारीमा बचतकर्ताको साढे २ करोड अपचलन, अध्यक्ष श्रेष्ठ पक्राउ

गोकर्ण सहकारीमा बचतकर्ताको साढे २ करोड अपचलन, अध्यक्ष श्रेष्ठ पक्राउ प्रहरी वृत्त बौद्धले गाेकर्ण सहकारीका अध्यक्ष ३७ वर्षीय रोशनबाबु श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठमाथि अनुसन्धान गर्दा ८९ बचतकर्ताको २ करोड ५६ लाख ५ हजार ८ सय ४६ रुपैयाँ ठगी गरेको खुलेको हो । गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा रहेको गोकर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा बचतकर्ताको साढे २ करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ । अहिले यति रकम अपछलन भएको देखीए पनि यो भन्दा माथि हुन सक्ने अनुमान छ । साढे २ करोडभन्दा माथि रकम ठगी गरेको खुलेपछि सोही अनुसार बिगो मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको…

तिहार सुरू : आज काग तिहार

हिन्दु धर्मावलम्बीकाे दाेस्राे मुख्य चाड तिहार बुधबारबाट सुरु भएकाे छ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व यमराजको दूतका रूपमा कागलाई मीठो-मीठो चीजबीज खान दिएर मनाइएकाे छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर कागलाई पूजा आराधनासहित मीठो-मीठो खान दिई खुसी पार्ने चलन छ । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो…

तिहार बिदाको अघिल्लो दिन नेप्सेमा गिरावट

तिहार बिदाको अघिल्लो दिन नेप्सेमा गिरावट तिहार बिदाको अघिल्लो दिन सेयर बजार परिसूचक (नेप्से)मा गिरावट आएको छ । साताको चौथो दिन बुधबार परिसूचक १४.४३ अङ्कले घटेको हो । योसँगै बजार परिसूचक २६७७.६२ विन्दुमा झरेको छ । १६४ कम्पनीको मूल्य घटेको छ । ७५ कम्पनीको घट्दा ५ कम्पनीको मूल्य स्थिर रह्यो । यो दिन कुल १ करोड २० लाख ६९ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ९५ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ । होटल तथा पर्यटन, निर्जीवन बीमा र ट्रेडिङ उपसूचक बढ्दा अन्य दश उपसूचकमा गिरावट देखिएको छ । सबैभन्दा धेरै गिरावट लगानी समूहमा देखिएको छ । समग्र…

प्राधिकरणले बक्याैता रहेकाे कागजात देखाओस्, हामी तिर्छाैं : उद्याेगी

प्राधिकरणले बक्याैता रहेकाे कागजात देखाओस्, हामी तिर्छाैं : उद्याेगी नेपाल विद्युत प्राधिकरणले ठूला उद्योगमा विद्युतको बक्यौता नतिरको भनेर लाइन काट्न सुरु गरेपछि उद्योगीहरुले विरोध जनाएका छन् । कात्तिक ८ गते प्राधिकरणले ३४ वटा उद्योगले बक्यौता नतिरेको भन्दै लाइन काटेको थियो । आज उद्योगीहरुले काठमाडौंमा पत्रकार सम्मेलन नै गरेर प्राधिकरणले प्रयोग नै नगरेको विद्युत बक्यौता भन्दै लाइन काट्न सुरु गरेको भन्दै विरोध गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपती मुरारकाले नेपाल विद्युत प्राधिकरणले उद्योगीले प्रयोग नै नगरेको विद्युत पैसा तिर्न बाँकी भनेर लाइन काट्न फेरि सुरु गरेको बताए । उनले भने, ‘बिल पठाउँदैमा हामीले प्राधिकरणलाई पैसा तिर्दैनौं ।…

तिहारका लागि १ अर्ब बराबरको भाइमसला आयात

तिहारका लागि १ अर्ब बराबरको भाइमसला आयात तिहारका लागि १ अर्ब बराबरको भाइमसला आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार असोज मसान्तसम्ममा १ अर्ब ११ करोड ७ लाख १० हजार रुपैयाँको काजु, बदाम, ओखरलगायतका भाइमसलामा प्रयोग हुने ड्राईफुट्स आयात भएको हो । जसमध्ये १ करोड ४५ लाख ६ हजार रुपैयाँको १२ हजार ७७७ किलो पेस्ताआयता भएको छ भने २६ करोड १ लाख ६८ हजार रुपैयाँको २ लाख ९८ हजार ९४६ किलो काजु आयात भएको छ । यसैगरी १८ करोड ५९ लाख ५८ हजार रुपैयाँको २ लाख ३२ हजार ६९३ किलो बदाम, ३ लाख २० हजार ८७८ हजार रुपैयाँको ६० लाख…