प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध

प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गर्दछ । बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकाले यथाशीघ्र प्यान अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ ।बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई इ–टिडिएस रेकर्डमा जनाउनका लागि प्यान अत्यावश्यक छ । बैंकका अनुसार प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण प्रविष्ट गरिने भएकाले आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान हुन्छ ।जसले गर्दा ग्राहक महानुभावहरूलाई करकट्टीप्रमाणपत्र र कर…

बैंकमा थुप्रियाे ६ खर्ब ऋणयाेग्य रकम

बैंकमा थुप्रियाे ६ खर्ब ऋणयाेग्य रकम यतिबेला बैकिङ प्रणालीमा ६ खर्बभन्दा बढी ऋणयाेग्य रकम थुप्रिएकाे छ । अहिले बैकिङ प्रणालीमा ६४ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । निक्षेपको ९० प्रतिशतसम्म बैंकहरुले कर्जा लगानी गर्न पाउँछन् । अहिले कर्जा लगानी ५१ खर्ब ९९ अर्ब रुपैयाँ रहेको छ । यस आधारमा ९० प्रतिशतसम्म कर्जा लगानी हुँदा ५८ खर्ब २२ अर्ब रुपैयाँ हुन्थ्यो तर अहिले औसतमा ७८.९८ प्रतिशतसम्म कर्जा लगानी भएको देखिन्छ । बजारमा चहलपहल बढ्ने र बढी व्यापार हुने चाडबाडकै सिजनमा आयातका नाममा बैंकिङ प्रणालीबाट ऋण प्रवाह बढ्ने अनुमान गरिए पनि त्यस्ताे हुन सकेकाे छैन ।…

सहकारी पीडितकाे माग सम्बाेधन गर्न कार्यदल बनाउने सहमति

सहकारी पीडितकाे माग सम्बाेधन गर्न कार्यदल बनाउने सहमति आन्दोलनरत सहकारी पीडितहरूको माग सम्बोधन गर्न कार्यदल बनाउने सहमति भएकाे छ । सहमतिसँगै सहकारी पीडितको १०८ दिनदेखि रत्नपार्कमा जारी रिले अनशन तथा धर्ना स्थगित भएको छ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी पीडित बचतकर्ताको तर्फबाट आन्दोलन गर्दै आएको बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबीच सहमति भएको हो । सहकारी विभागका उप–रजिष्ट्रारको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गर्ने तय भएको छ । कार्यदलमा मन्त्रालय, राष्ट्रिय सहकारी महासंघ, सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान, सहकारी विभागबाट शाखा अधिकृत तहको सदस्य–सचिव र प्रदेश र स्थानीय तहबाट एक/एक जना प्रतिनिधित्व रहने गरी कार्यदल गठन गरिने भएको…

सिजीकाे ‘दशैंमा १० अफर’

सिजीकाे ‘दशैंमा १० अफर’ सिजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एस डि ए) ले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै नयाँ योजना ‘दशैंमा १० अफर’ ल्याएको छ । यस अभियानअन्तर्गत दश भाग्यशाली ग्राहकहरुले १०–१० ग्राम सुनका १० सिक्काहरु जित्ने अवसर प्राप्त गर्नेछन् । यो अफर सिजी का साना घरायसी उपकरणहरुमा मात्र समावेश छन् । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सिजीका कुनै पनि साना किचन एप्लायन्स खरिद गरी बिज्ञापन वा सामान किनेको पसलमा दिइएका क्यूआर कोड अनिवार्य रुपमा स्क्यान गरी आफ्नो बिबरण भर्नुपर्नेछ। यो योजना सिजीका हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन, एयर फ्रायर लगायतका विभिन्न…

Read more about the article चेक बाउन्समा दुई वर्षसम्म कैद !
अर्थ समितिको बैठकमा सहभागी सदस्य काठमाडौँ, २३ भदौः सङ्घीय संसदअन्तर्गत आइतबार सिंहदरवारमा बसेको अर्थ समिति बैठकमा सहभागी सदस्यहरु ।तस्बिरः नविन पौडेल÷रासस

चेक बाउन्समा दुई वर्षसम्म कैद !

चेक बाउन्समा दुई वर्षसम्म कैद ! चेक बाउन्स (चेक अनादर) सम्बन्धी मुद्दामा दोषीलाई अधिकतम दुई वर्षसम्म कैद सजाय हुने भएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आइतबार बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफाबार छलफलका क्रममा चेक अनादर भएको प्रमाणित भएमा पाँच प्रतिशत जरिवानासहित १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजायको व्यवस्था गर्ने सहमति भएको हो । १५ लाखसम्मको चेक अनादरमा १ महिना कैद, ५० लाख सम्मकोमा तीन महिना, १ करोडसम्मकोमा १ वर्ष र करोडभन्दा माथिको चेक अनादर प्रमाणित भए दुई वर्षको कैद सजाय हुने विषयमा सहमति जुटेको छ । बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बैंकिङ…

जर्मनीले ५१ मिलियन युरो अनुदान सहायता दिने

जर्मनीले ५१ मिलियन युरो अनुदान सहायता दिने नेपाललाई जर्मनीले ५१ मिलियन युरो अनुदान सहायता दिने भएको छ । जर्मनीको राजधानी बर्लिनमा सम्पन्न नेपाल सरकार र जर्मन सरकारकारबीचकाे विकास सहायतासम्बन्धी द्विपक्षीय वार्तामा आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक सहायता गरी उक्त रकम उपलब्ध गराउने सहमति भएकाे हाे । उक्त सहायता रकम नेपालमा गुणस्तरीय स्वास्थ्य क्षेत्र पूर्वाधार एवं स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउने, हरित एवं नवीकरणीय ऊर्जाको विकास तथा प्रवर्द्धन गर्ने, तहगत सरकारका विभिन्न निकायहरूको संस्थागत सुदृढीकरण गर्ने, आर्थिक सामाजिक विकास लगायतको क्षेत्रमा परिचालन गर्ने सहमति भएको हो । वार्ताको क्रममा नेपाली पक्षले सन् २०३० भित्र नेपालको दिगो विकास लक्ष्य हासिल…

किसानकाे बक्याैता भुक्तानी गर्न सरकारले डीडीसीलाई ६० करोड ऋण दिने

किसानकाे बक्याैता भुक्तानी गर्न सरकारले डीडीसीलाई ६० करोड ऋण दिने सरकारले दुग्ध विकास संस्थान (डीडीसी) लाई ६० करोड रुपैयाँ ऋण स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले दुग्ध किसानको बक्यौता रकम तिर्नका लागि शर्तसहित ६० करोड रुपैयाँ ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो । भदौ १७ गते अर्थ मन्त्रालयले शर्तसहित ऋणका लागि सहमति दिएपछि मन्त्रिपरिषद्को बैठकले दुग्ध किसानको बाँकी बक्यौताका लागि ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो । अर्थबाट उक्त रकम बराबरको ऋण लिने गरी मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अर्थले सहमति दिएको थियो । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले दूध किसानको बाँकी…

सेयर बजारमा दिनदिनै उथलपुथल किन ?

सेयर बजारमा दिनदिनै उथलपुथल किन ? पछिल्ला केही दिनमा सेयर बजारमा तीव्र उथलपुथल देखिएको छ । नेप्से परिसूचक बुधबार ९०.७३ अंकले घट्याे । मंगलबार ६.९४ अंकले बढेको थियो । सोमबार भारी अंकले बढेको थियो । १२७.३२ अंकले बढ्दै सोमबार परिसूचक २८२३ बिन्दुमा उक्लिएको थियो भने आइतबार ५३.६३ अंकले घटेको थियो । कारोबार रकममा पनि पछिल्ला केही दिन गिरावट आएको छ । बुधबार १२ अर्ब ९२ करोडको कारोबार भयाे । मंगलबार १३ अर्ब ४० करोड र सोमबार १२ अर्ब ९१ करोड मूल्यको सेयर खरिदबिक्री भएको थियो । यसरी पछिल्ला केही दिन बजारमा देखिएको तीव्र उतारचढावलाई लगानीकर्ताहरूले भने सकारात्मक रूपमा लिएका छन्…

कुमारीले ल्यायाे क्युआर मर्चेन्ट फोन लोन सुविधा

कुमारीले ल्यायाे क्युआर मर्चेन्ट फोन लोन सुविधा कुमारी बैंकले क्युआर कारोबारकै धितोमा क्युआर मर्चेन्ट फोनलोन सुविधा सञ्चालन गरिरहेको छ । उद्यमशीलता प्रवर्द्धनका लागि 'देशैभरि वर्षैभरि' उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेकोमा साना उद्यमीहरूलाई वित्तीय सबलता प्रदान गर्ने हेतुले यो योजना सञ्चालन गरिरहेको हो । यस योजना अन्तर्गत उद्यमीहरूले आफ्ना नजिक रहेका कुमारी बैंकका शाखाहरूमा आफ्ना व्यवसायको खाता खोली क्युआर मार्फत प्रतिहप्ता कम्तीमा दुई व्यावसायिक कारोबारहरू लगातार ४ हप्ता भई मासिक कम्तीमा दश हजार रुपैयाँ बराबरको कारोबार उक्त बैंक खातामा हुँदा उद्यमीहरूले दुई लाख सम्मको कर्जा कुनै पनि कागजात वा धितो बिना नै कुमारी बैंकको मोबाइल बैकिङ एप प्रयोग गरि…

ग्लोबल आइएमई बैंककाे ग्लोबल जुनियर एप सार्वजनिक

ग्लोबल आइएमई बैंककाे ग्लोबल जुनियर एप सार्वजनिक ग्लोबल आइएमई बैंक लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरुमा सानै उमेरदेखि असल वित्तीय बानीेको विकास गर्न यो एप सार्वजनिक गरेको हो । बैंकले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आफै डिजिटल बैंकिङ्गको अनुभव लिने गरी ल्याएको यस ग्लोबल जुनियर एप मार्फत तोकिएको उमेर समुहका बालबालिकाहरुले बचत गर्ने बानीको विकासका गर्नुका साथै अभिभावकको निगरानीमा आफ्नो बचत रकमलाई खर्च गर्न सक्ने बैंकले जनाएकाे छ । यो एप मार्फत बालबालिकाले बचत गर्न तथा आफूलाई आवश्यक परेको बेला बचतको रकम खर्च गर्ने सक्ने हुनाले यसले…