एन्टा ब्रान्डका सामानमा देशैभरि आकर्षक छुट

एन्टा ब्रान्डका देशभरका स्टोरहरूमा छुट योजना सञ्चालन गरिएको छ । जस अन्तर्गत ग्राहकले समर न्यु अराइभलमा फ्लाट २० देखि ५० प्रतिशतसम्म छुट पाउनेछन् ।

यसमा विशेष गरी पर्फर्मेन्स फुटवेयर, डेल्ली लाइभस्टाइल फुटवेयर र स्टाइलिश कपडाहरू समावेश रहेको कम्पनीको भनाइ छ ।

छुटपछि जुत्ताको मूल्य ४,००० रुपैयाँबाट सुरु हुन्छ भने कपडामा पनि यो वर्षकै सबैभन्दा ठूलो बचत हुने कम्पनीले जनाएको छ । एन्टाका उत्पादनहरू उच्च गुणस्तर, आरामदायी डिजाइन र ट्रेन्डी स्टाइलका लागि चिनिन्छन् ।

त्यसैले, खेलकुदका लागि उत्कृष्ट गियर चाहिनेहरूदेखि दैनिक जीवनका लागि क्याजुअल र स्टाइलिश विकल्प खोज्नेहरूका लागि समेत यो सेलले ठूलो अवसर ल्याएको कम्पनीको भनाइ छ । यस्तो अफर सीमित अवधिका लागि हुने जानकारी दिँदै कम्पनीले चाँडोभन्दा चाँडो लाभ लिन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

एन्टा ब्रान्डका सामानमा देशैभरि आकर्षक छुट