विमानस्थलमा भीआईपी र भीभीआईपी डेस्क छुट्टाछुट्टै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टाछुट्टै भीआईपी र भीभीआईपी डेस्कको व्यवस्था गरिएको छ ।

अध्यागमन कार्यालयले विशिष्ट (भीआईपी) एवं अति विशिष्ट (भीभीआईपी) व्यक्तिको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन तथा प्रस्थान सरल, सहज, शिघ्र एवं सुविधायुक्त बनाउन कार्यालयले छुट्टाछुट्टै डेस्क व्यवस्था गरिएको हो ।

नागरिक उड्डयन, पर्यटन तथा संस्कृतिमन्त्री बद्री पाण्डेले शनिबार एक कार्यक्रमबीच उक्त डेस्कको उद्घाटन गरेका छन् ।

उक्त डेस्क प्रयोग गरी आगमन र प्रस्थान गर्ने (अध्यागमन प्रक्रियामा बायोमेट्रिक लिन नपर्नेबाहेक) ले अनिवार्य रूपमा अध्यागमन प्रक्रिया भीआईपी भीभीआईपी डेस्कमा स्वयं उपस्थित भई फोटोसमेत खिचाई प्रक्रिया पूरा गर्न प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले आग्रह गरेका छन् ।

नेपाल राजपत्रमा उल्लेखित व्यक्तिले मात्र भीआईपी र भीभीआईपी डेस्कको प्रयोग गरी अध्यागमन प्रक्रियालाई सहज बनाइदिन पनि उनकाे आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

विमानस्थलमा भीआईपी र भीभीआईपी डेस्क छुट्टाछुट्टै