‘नेपालमा एमसिसीकाे सहयाेग निरन्तर हुन्छ’
'नेपालमा एमसिसीकाे सहयाेग निरन्तर हुन्छ' अर्थ मन्त्रालयले नेपालमा एमसीसी अन्तर्गतका परियोजना निरन्तर हुने जानकारी अमेरिकाले दिएको बताएको छ । अर्थ मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै अमेरिकाबाट एमसीसीले जुलाई २४ मा पुनरावलोकन कार्य समाप्त भएको र नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारीसहितको पत्र पठाएको जानकारी गराएको हो । अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को मिति २०८१/११/२२ गतेको पत्रानुसार नेपाल सरकार र उक्त निकायबिच संवत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट कार्यान्वयन अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ को कार्यकारी आदेशअनुसार पुनरावलोकनका लागि स्थगन भएकोमा एमसीसीको जुलाई २४, २०२५ को…