महानगर प्रहरीले लखेट्याे तरकारी व्यापारी
महानगर प्रहरीले लखेट्याे तरकारी व्यापारी काठमाडौं महानगर प्रहरीले बालाजु माछापोखरीमा बाइपास रोडको किनाराका साना किसान तथा तरकारी व्यापार गर्नेहरूलाई पारेर नगर प्रहरी परिचालन गरेर हटाएकाे छ । बिहान ४ बजेदेखि ७ बजेसम्म डोको, खर्पन र झोलामा तरकारी ल्याएर विक्री गर्दै जिविक चलाउनेहरूलाई महानगर प्रहरीले हटाएको हो । यस क्रममा सार्वजनिक यातायात समेत बन्द गराइएको थियाे ।काठमाडौं महानगरको नेतृत्वमा साना किसान र श्रमिकहरूप्रति निर्मम बनेको आरोप लागिरहेका बेला ठुलो सङ्ख्यामा महानगर प्रहरीले बालाजु बाइपास रोड खाली गराएर हरियो सागसब्जी बेच्नेहरूलाई लखेटेका हुन् । बिहान नगर प्रहरीले साना किसान र तरकारी व्यापारीहरूलाई रोक्न खोज्दा माछापोखरी हुँदै आउजाउ गर्ने सार्वजनिक सवारी प्रभावित भएको…