महानगर प्रहरीले लखेट्याे तरकारी व्यापारी

काठमाडौं महानगर प्रहरीले बालाजु माछापोखरीमा बाइपास रोडको किनाराका साना किसान तथा तरकारी व्यापार गर्नेहरूलाई पारेर नगर प्रहरी परिचालन गरेर हटाएकाे छ ।

बिहान ४ बजेदेखि ७ बजेसम्म डोको, खर्पन र झोलामा तरकारी ल्याएर विक्री गर्दै जिविक चलाउनेहरूलाई महानगर प्रहरीले हटाएको हो । यस क्रममा सार्वजनिक यातायात समेत बन्द गराइएको थियाे ।
काठमाडौं महानगरको नेतृत्वमा साना किसान र श्रमिकहरूप्रति निर्मम बनेको आरोप लागिरहेका बेला ठुलो सङ्ख्यामा महानगर प्रहरीले बालाजु बाइपास रोड खाली गराएर हरियो सागसब्जी बेच्नेहरूलाई लखेटेका हुन् ।

बिहान नगर प्रहरीले साना किसान र तरकारी व्यापारीहरूलाई रोक्न खोज्दा माछापोखरी हुँदै आउजाउ गर्ने सार्वजनिक सवारी प्रभावित भएको थियाे ।

काठमाडौं महानगरको १६ नम्बर वडा अन्तर्गत पर्ने सो क्षेत्रमा तरकारी किनबेच गर्नेहरूको भिडभाडले सवारी आवागमनमा बाधा पुग्ने गरेकाले उनीहरूलाई व्यवस्थित गर्न खोजिएको वडाध्यक्ष रोजिना श्रेष्ठले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

महानगर प्रहरीले लखेट्याे तरकारी व्यापारी