विश्व बैंकले नेपाललाई १५० मिलियन डलर दिने
विश्व बैंकले नेपाललाई १५० मिलियन डलर दिने विश्व बैंकले नेपाललाई १५० मिलियन डलर उपलव्ध गराउने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालका रणनीतिक सडक सञ्जाल बिस्तारका लागि सो वित्तीय सहायता दिने निर्णय गरेको हो । सडक विभागमार्फत परिचालन हुने यो सहायताबाट रणनीतिक सडक बिस्तार गरिनेछ भने पुलहरूको मर्मत सम्भारमा समेत उपयोग गरिनेछ । नेपाललाई दिने वित्तीय सहायता बोर्ड बैठकबाट अनुमोदन भएको जानकारी दिँदै विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि क्षेत्रीय निर्देशक डेविड सिस्लेनले रणनीतिक सडक बिस्तारले बजार र सेवासम्मको पहुँच बिस्तारमा सघाउ पुग्ने बताए । उनले भने, ‘नेपालको सडक सञ्जालको प्रतिरोध क्षमता सुरक्षित र दिगो जडानको…