सेयर बजारमा हरियाली

आइतबार सेयर बजारमा सुधार आएकाे छ । सााताको पहिलो दिन आइतबार बजार परिसूचक (नेप्से) ३२.२४ अंकले बढेर २६९५.५५ अंकमा पुगेको हो । दिनभर २७०० भन्दा माथि रहेको बजार अन्तिममा सोभन्दा तल झरेर बन्द भएको हो । ७ अर्ब ५६ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
२४४ कम्पनीको कारोबार हुँदा २२२ कम्पनीको मूल्य बढेको छ भने २२ कम्पनीको मूल्य घटेको छ । बजारमा आज म्युचुअल फण्ड बाहेक सबै सूचकम हरियाली छाएको छ । फाइनान्स र अन्य समूहमा २ प्रतिशत भन्दा धेरैको सुधार आएको छ । होटल र हाइड्रोपावर क्षेत्रमा पनि १ प्रतिशत भन्दा धेरै बढेको छ ।
बजारमा आज कुनै पनि कम्पनीको मूल्यमा सकारात्मक वा नकारात्मक सर्किट लागेको छैन । सबैभन्दा धेरै मूल्य जोशी हाइड्रोपावरको ९.९७ प्रतिशतले बढेको छ भने सबैभन्दा बढी मूल्य प्रभु स्मार्ट फण्डको ५.७४ प्रतिशतले घटेको छ ।
कारोबार र कारोबर संख्याको आधारमा हिमालयन रिइन्स्योरेन्स र कारोबार भएको सेयर संख्याको आधारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रोमोटर सेयरको कारोबार सर्वाधिक भएको नेप्सेले जनाएको छ ।