कुलमान हटाएकाे विराेधमा प्रदर्शन

सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्रै ४ महिना कार्यकाल बाँकी हुँदा कुलमान घिसिङलाई हटाएको विरोधमा काठमाडाैंमा प्रदर्शन भएको छ ।
माओवादीका भातृसंगठन र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले कुलमानको बर्खास्तीको चर्को विरोध गरेका छन् । उनीहरुले ‘काम गर्न दे सरकार’, ‘नेपाललाई अन्धकार होइन उज्यालो चाहिन्छ’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
+1
+1
+1
+1
+1
+1