धमाधम लाभांश घोषणा गर्दै म्युचुअल फन्ड
धमाधम लाभांश घोषणा गर्दै म्युचुअल फन्ड म्युचुअल फन्डले इकाइधनीलाई धमाधम लाभांश घोषणा गर्न थालेका छन् । गत आर्थिक वर्ष २०८१/८२ सम्मको नाफाबाट इकाइधनीलाई फन्डले नगद लाभांश घोषणा गर्न थालेका हुन् । खुलामुखी म्युचुअल फन्डले घोषणा गरेको नगद लाभांश पुनः थप इकाइमा लगानी गर्न सकिनेछ । हालसम्म तीन वटा खुलामुखी योजनाले लाभांश घोषणा गरेका छन् । घोषित लाभांश करसहित हो । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित खुलामुखी योजना शुभ लक्ष्मी कोषले इकाइधनीलाई १६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । साउन १२ गतेसम्म कायम रहेका इकाइधनीले लाभांश पाउने छन् । खुलामुखी योजना भएकाले यो लाभांश पुनः थप इकाइमा लगानी गर्न सकिनेछ ।…