तराई मधेसमा खडेरीकाे समस्या समाधान गर्न माग गर्दै प्रदर्शन
तराई मधेसमा खडेरीकाे समस्या समाधान गर्न माग गर्दै प्रदर्शन तराईमा व्याप्त रहेको खडेरीकाबिच नेपाल सरकारले केही ठोस कदम नचालेको भन्दै मधेस कृषि–जल आन्दोलन सङ्घर्ष समितिले माइतीघरमा प्रदर्शन गरेको छ । ‘तराई–मधेसको अस्तित्व र अस्मिताका लागि सङ्घर्ष’ भन्ने नारा सहित समितिले साङ्केतिक रूपमा धानको गाँज, हलो, उखु लगायतका सामाग्री बोकेर प्रदर्शन गरेको हो । समितिले विज्ञप्तिमार्फत ७ बुँदे विभिन्न माग समेत प्रस्तुत गरेको छ । ‘नेपाल सरकारले लामो समयदेखि तराई मधेसप्रति उपेक्षा, शोषण र बेवास्ताको नीति अपनाउँदै आएको यथार्थ आज फेरि पनि देखिएको छ । चुरे विनाश, अवैज्ञानिक उत्खनन, बन अतिक्रमण, सिँचाइको अभाव र वातावरणीय असन्तुलनले गर्दा आज तराई मधेस मरुभूमितिर…