काराेबारकाे अन्तिम दिन नेप्सेमा दाेहाेराे अङ्ककाे गिरावट
काराेबारकाे अन्तिम दिन नेप्सेमा दाेहाेराे अङ्ककाे गिरावट साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट भएको छ । नेप्से आज ३३.४२ अंकले घटेर २ हजार ६८२ दशमलव २९ विन्दुमा बन्द भएको हो । नेप्सेका अनुसार आज ६ अर्ब १४ करोड ४० लाख ६५ हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा ४० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने २०४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । आजको कारोबारमा जानकी फाइनान्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज यस कम्पनीको नै सर्वाधिक कारोबार भएको नेप्सेले जनाएको छ ।