बीआरआइ कार्यान्वयन सम्झौतापत्र सार्वजनिक

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा हस्ताक्षर भएको बीआरआइ कार्यान्वयन सम्झौतापत्र परराष्ट्र मन्त्रालयले मंगलबार सार्वजनिक गरेको छ ।
पाँच बुँदे सम्झौतामा यसका पृष्ठभूमि, दुई देशबीचको पारम्परिक सम्बन्धको व्याख्यादेखि बीआरआईअन्तर्गतका परियोजनाहरुको कार्यान्वयनका बारेमा उल्लेख छ ।
बीआरआई परियोजना विशुद्ध आर्थिक विकास र उन्नतिका लागि केन्द्रित रहेको सम्झौताका बुँदाहरुबाट बुझ्न सकिन्छ । विभिन्न परियोजनाको छनोटदेखि कार्यान्वयनका विषयहरु विस्तृतमा समेटिएको सम्झौतामा १० वटा आयोजनाहरुको उल्लेख छ ।
बीआरआईअन्तर्गत ऋण नलिने भनेर नेपालमा बहस चलेकोमा सम्झौतामा ऋण उल्लेख छैन । आर्थिक सहायता, वित्तीय क्षेत्र सहायता, हिमालय सीमापार यातायात तथा कनेक्टिभिटी, व्यापार तथा औद्योगिक क्षेत्र र लगानीका क्षेत्रहरुबारे अलगअलग बुँदामा उल्लेख गरिएको छ ।
नेपाल र चीनबीच हालै प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा हस्ताक्षर भएको बीआरआइ कार्यान्वयन सम्झौतापत्र सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार सम्झौताको कपी सार्वजनिक गरेको हो ।
सत्तारुढ कांग्रेसका केही नेतादेखि अमेरिकी विदेश सहायकमन्त्रीले समेत बीआरआई कार्यान्वयन सम्झौताका बुँदाहरु सार्वजनिक नभएको भन्दै पारदर्शिताको प्रश्न उठाएकोमा सरकारले सम्झौता सार्वजनिक गरेको हो ।
पाँच बुँदे सम्झौतामा यसका पृष्ठभूमि, दुई देशबीचको पारम्परिक सम्बन्धको व्याख्यादेखि बीआरआईअन्तर्गतका परियोजनाहरुको कार्यान्वयनका बारेमा उल्लेख छ ।
बीआरआई परियोजना विशुद्ध आर्थिक विकास र उन्नतिका लागि केन्द्रित रहेको सम्झौताका बुँदाहरुबाट बुझ्न सकिन्छ । विभिन्न परियोजनाको छनोटदेखि कार्यान्वयनका विषयहरु विस्तृतमा समेटिएको सम्झौतामा १० वटा आयोजनाहरुको उल्लेख छ ।
बीआरआईअन्तर्गत ऋण नलिने भनेर नेपालमा बहस चलेकोमा सम्झौतामा ऋण उल्लेख छैन । आर्थिक सहायता, वित्तीय क्षेत्र सहायता, हिमालय सीमापार यातायात तथा कनेक्टिभिटी, व्यापार तथा औद्योगिक क्षेत्र र लगानीका क्षेत्रहरुबारे अलगअलग बुँदामा उल्लेख गरिएको छ ।
यस्ताे छ सम्झाैता–