धेरै कर तिर्ने करदातालाई सम्मान

नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८१ मा नेपाल सरकारबाट सम्मानित उच्च करदातालाई सम्मान गरेको छ ।
सरकारले राष्ट्रिय कर दिवसमा कुल १६ (संस्था तथा व्यक्ति) लाई उच्च करदाताका रूपमा सम्मान गरेको थियो ।
सम्मानितमध्ये दुई सरकारी लगानीका कम्पनी र १४ निजी एवं सार्वजनिक क्षेत्रका छन् । परिसंघले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो ।
परिसंघ सचिवालयमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष राजेशकुमार अग्रवालले उच्च करदातालाई सम्मान गरे । उनले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धि मात्रै नभई राज्यप्रतिको महत्त्वपूर्ण योगदान भएको बताए ।
योगदानको कदर गर्दै उत्पादनमूलक तथा सेवामूलक उद्योगको प्रतिनिधिमूलक संस्थाका रूपमा परिसंघले उच्च करदातालाई सम्मान गरेको उनले बताए ।